अन्नपूर्णमा खेलमैदान बनाउन अट्ठाइस लाख संकलन « Khabarhub

अन्नपूर्णमा खेलमैदान बनाउन अट्ठाइस लाख संकलन


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट २८ लाख ४२ हजार संकलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।

‘समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र संघीय सरकारसँग बजेट माग गरेका छौँ’, उनले भने।

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले १३ लाख ५० हजार, पाँच लाख ५५ हजार चन्दा संकलन, हाल जापानमा रहेका घारका ददीवल खड्काबाट पाँच लाख, घार कोटमन्दिरबाट एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उनले जानकारी दिए।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : २० बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको