११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमायो « Khabarhub

११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमायो


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान जारी लुम्बिनी लायन्ससँगको खेलको ११ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले ११ औं ओभरको समाप्तिमा ५१ रन बनाएर चार विकेट गुमाएको हो ।

२२ बलको सामना गरेका कर्णालीका बाबर हयात एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदा आउट भए । दोस्रो विकेटको रुपमा देव खनाललाई तीन रनमा गुमाएको कर्णालीले तेस्रो विकेटको रुपमा गुल्सन झालाई ८ रनमै गुमाएको हो । कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई १३ रनमै गुमाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र साद बिन जफरले एकएक विकेट हात पार्दा तिलक भण्डारीले दुई विकेट लिए ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्दैछ।

प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ। एनपील तालिकामा कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : ५१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ