कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको चुनौती : अन्तिम ओभरमा विकासले लिए तीन विकेट « Khabarhub

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको चुनौती : अन्तिम ओभरमा विकासले लिए तीन विकेट


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको चुनौती दिएको छ।

पूरै २० ओभर खेल्दै कर्णालीले ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले सुरुमा कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। ३० बलको सामना गरेका उनले तीन चौका र तीन छक्का हिर्काए। २२ बलको सामना गरेका बाबर हयात एक चौका र एक छक्काको मद्दतमा २० रन बनाएर आउट भए।

देव खनाललाई तीन रनमा गुमाएको कर्णालीले गुल्सन झालाई ८ रनमै गुमाएको हो। कर्णालीका चाडविक वाल्टन १३ रनमै आउट भएको खेलमा अजुन घर्तीले २५ रन जोडे।

लुम्बिनीका लागि अन्तिम ओभरमा विकाश आग्रीले चमत्कारिक बलिङ गरे। उनले एउटै ओभरमा मात्र तीन रन दिएर तीन विकेट हात पारे। लुम्बिनीका लागि तिलक भण्डारीले दुई विकेट लिए भने रोहित पौडेल, रामोन सिमन्ड्स र साद बिन जफरले एकएक विकेट हात पारे।

प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ। एनपील तालिकामा कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना