पत्रकार महासंघको निर्वाचन : मतदान सुरु (तस्बिरहरू) « Khabarhub

पत्रकार महासंघको निर्वाचन : मतदान सुरु (तस्बिरहरू)


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन सुरु भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

यस पटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्।

केन्द्रीय अध्यक्षका लागि ४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । जसमा कांग्रेस एमाले संयुक्त गठबन्धनबाट निर्मला शर्मा, कांग्रेसको बागी समूह, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट  रमेश विष्ट, देवीप्रसाद सापकोटा क्रियाशील पत्रकारहरूको साझा मोर्चाबाट उम्मेदवर छन् । यस्तै साझा प्यानलबाट  लाल सिंह लामा छन् ।

वरिष्ठ उपाध्यक्ष शर्मा प्यानलबाट दीपक आचार्य,  सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं उम्मेदवार रहेको निर्वाचन समितिको भनाइ छ । महिला उपाध्यक्षमा नितु पणि्डत छन् । यस्तै महासचिव पदमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैसी उम्मेदवार छन् । यस्तै, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, वैकुण्ठ पराजुली र अशोक तिवारी शर्मा प्यानलबाट छन् । कोषाध्यक्ष पदमा  रामकृष्ण ज्ञवाली र विष्ट प्यानलबाट रामकृष्ण अधिकारी उम्मेदवार छन् ।

विष्ट प्यानलबाट गिरीसँगै वरिष्ठ उपाध्यक्ष रोशन पुरी, महिला उपाध्यक्ष गंगा बराल, समावेशी उपाध्यक्ष सुभाषप्रसाद साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी तथा जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुव रावलसहित मैदानमा छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ११ : १९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा