राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी | Khabarhub Khabarhub

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्णसम्बन्ध विस्तार गर्ने समझदारी भएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआनबीच आज उक्त समझदारीपत्र आदानप्रदान भएको हो ।

समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यावसायिक क्षमता विकासका लागि सहकार्य गर्ने उल्लेख छ ।

समझदारी पत्र आदानप्रदान कार्यक्रममा विन्जाओका मिडिया ग्रुपका निर्देशक जिङ्युआनले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसी लागेको बताए। उनले यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुगाउन महत्त्वपूर्ण  भूमिका खेल्ने र दुवै देशबीच भएको मिडियासम्बन्धी सम्झौतालाई पनि सहयोग पुग्ने उल्लेख गरे।

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग गरिएको समभदारीले फोटो तथा समाचारको माध्यमबाट दुई संस्थाको मित्रतालाई स्थापित गर्न सहयोग पुग्नुका साथै दुई देशबिचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे  । अन्तर्राष्ट्रिय मिडिया हाउससँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।

उक्त  कायक्रममा विन्जाओ फोटोग्राफर एशोसियशनका अध्यक्ष लिइ जनपिङ्  उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मालगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो सङ्गहालय र टेलिभिजन प्रसारणको अवलोकन गराएका थिए ।

विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एपमार्फत समाचार सङ्कलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : १३ बजे

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर