राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी « Khabarhub

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्णसम्बन्ध विस्तार गर्ने समझदारी भएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआनबीच आज उक्त समझदारीपत्र आदानप्रदान भएको हो ।

समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यावसायिक क्षमता विकासका लागि सहकार्य गर्ने उल्लेख छ ।

समझदारी पत्र आदानप्रदान कार्यक्रममा विन्जाओका मिडिया ग्रुपका निर्देशक जिङ्युआनले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसी लागेको बताए। उनले यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुगाउन महत्त्वपूर्ण  भूमिका खेल्ने र दुवै देशबीच भएको मिडियासम्बन्धी सम्झौतालाई पनि सहयोग पुग्ने उल्लेख गरे।

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग गरिएको समभदारीले फोटो तथा समाचारको माध्यमबाट दुई संस्थाको मित्रतालाई स्थापित गर्न सहयोग पुग्नुका साथै दुई देशबिचको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे  । अन्तर्राष्ट्रिय मिडिया हाउससँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।

उक्त  कायक्रममा विन्जाओ फोटोग्राफर एशोसियशनका अध्यक्ष लिइ जनपिङ्  उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मालगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो सङ्गहालय र टेलिभिजन प्रसारणको अवलोकन गराएका थिए ।

विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एपमार्फत समाचार सङ्कलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : १३ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने