उपप्रधानमन्त्री सिंह भन्छन्- व्यवस्था परिवर्तन भएसँगै विकास पनि बढेको छ « Khabarhub

उपप्रधानमन्त्री सिंह भन्छन्- व्यवस्था परिवर्तन भएसँगै विकास पनि बढेको छ


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताए ।

शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए ।

‘केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । ०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो रु थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ । सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ।’ परिवर्तनको आभास हरेक नागरिकमा पुर्‍याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको बताए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै  अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिएका छन् । उपप्रधानमन्त्री सिंहले नेशनल सिटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ३ : ३० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र