डा. ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण « Khabarhub

डा. ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सीमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट) वितरण गरेको छ । जाडो बढ्दै गएकाले पहिलो चरणमा त्यस क्षेत्रमा बसोबास गर्दै आएका मुसहर, चमार र दुसाद समुदायका साथै अन्य विपन्न परिवारलाई चिसोबाट जोगाउन ब्लाङ्केट वितरण गरिएको हो ।

फाउन्डेसनका संस्थापक डा.ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट सङ्कलित रकमबाट ब्लाङ्केट खरिद गरिएको हो ।

डा.ओममूर्तिले भने–’मैले बुबासँगको सम्बन्धलाई आधार बनाएर ‘जीवन्त सम्बन्ध नामक पुस्तक लेखेको थिएँ । पुस्तकको बिक्रीबाट आर्जित सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने क्रममा ब्लाङ्केट वितरण गरिएको हो ।’ ‘जीवन्त सम्बन्ध’ पुस्तक खरिद गर्ने पाठकहरूकै योगदानबाट जाडोमा कठ्याङ्ग्रिएर बसेको परिवारलाई केही न्यानो प्रदान गर्न खोजिएको उनको भनाइ छ ।

पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा खर्च गरिने फाउन्डेसनको योजना  रहेको छ ।

फाउन्डेसनले गत कात्तिकमा धमौरामा पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी छ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो भने छिट्टै देशभरिबाट प्रतिनिधित्व हुने गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ  ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ३ : ५७ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्