जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस भएन, साझा धारणा बनेनन् : कमल थापा « Khabarhub

जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस भएन, साझा धारणा बनेनन् : कमल थापा


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु विडम्बना भएको बताएका छन् ।

आज पार्टीद्वारा आयोजित ‘नेपालमा जलश्रोतको चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पूर्तिका लागि मात्र नेपालको जलसम्पदा  प्रयोग हुने विषय प्रधान हुन नसक्ने भन्दै पूर्व ऊर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता व्यक्त गरे ।

जलसम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिँचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनीतिक दलहरूमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्यूनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाव समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गरे ।

कार्यक्रममा जलश्रोत विज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यायले राजनीतिकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए ।

विदेशीहरूको स्वार्थ केन्द्रित भएर नेपालका दलहरू सक्रिय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पूर्व सचिव, विज्ञ, सञ्चारकर्मी र सरोकारवालाहरूले प्रस्तुत कार्यपत्र माथि टिप्पणीसहित आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ५ : ४२ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको