धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या « Khabarhub

धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरान -३ स्थित माछाभौडीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार ३७ वर्षीय अमृत रसाइलीले  २८ वर्षीया श्रीमती सम्झना रसाईलिलाई दिउँसो करिब १ बजे घाटीमा खुकुरीले प्रहार गरी हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिम्सिनाका अनुसार खुकुरी प्रहार गर्दा श्रीमतीको घटना स्थलमै मृत्यु भएको थियो घरायसी विवादका कारण श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले  बताए ।

श्रीमान अमृत रसाइलीलाई अहिले इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव पोष्टमार्टमकालागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ५ : ५१ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग