कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण | Khabarhub Khabarhub

कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् ।

यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मा र साथीहरूले यही मङ्सिर २७ गते राति ११ः३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर आज मङ्सिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पु¥याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेकोे छ ।

पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ ।

खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु)पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग व्यापक संवाद गरिएको थियोे ।

संसद्को आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राख्नुहुने बताए ।

महामन्त्री शर्मा सङ्घीय संसद्का दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन् । साथै उनी मुख्य राजनीतिक दलका मुख्य पदाधिकारीमध्ये यो हिमाल आरोहण गर्ने प्रथम पदाधिकारी समेत बनेका छन् ।

आरोहण दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : ३५ बजे

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी

‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर