मनाइयो छैटौं राष्ट्रिय भाक्का दिवस « Khabarhub

मनाइयो छैटौं राष्ट्रिय भाक्का दिवस


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको छ । आदिवासी कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रुपमा मनाउँदै आएका छन् । चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो ।

कोच राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्काको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष पौष २९ गते यस दिवस मनाउन सुरु गरिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

भाक्का दिवसले सामाजिक एकताको सन्देश दिएको र समाजमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालीहरुको साझा परिकारको रुपमा चिनाउनुपर्ने राजवंशी समुदायका अग्रज पवन राजवंशीले बताए ।

राजवंशी समाज विकास समितिको आयोजनामा भएको राष्ट्रिय भाक्का दिवसमा राजवंशी समुदायले प्रयोग गर्ने भेषभुषा, गरगहना, परम्परागत सांस्कृतिक सामाग्रीहरुको प्रर्दशन साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय भक्का दिवसका अवसरमा भद्रपुर, कचनकवल र हल्दीबारी गाउँपालिकाले स्थानियस्तरमा सार्वजनिक बिदा समेत दिएको छ । पूर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाडौँलगायत देशका विभिन्न स्थानमा पनि भक्काको लोकप्रियता बढ्दै गएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ३८ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने