पाकिस्तानको बलुचिस्तानमा भएको झडपमा परी ५ सैनिकसहित ८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा भएको झडपमा परी ५ सैनिकसहित ८ जनाको मृत्यु


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी ५ सैनिकको मृत्यु भएको त्यहाँको सेनाले आइतबार जनाएको छ ।

घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँगसँग लडिरहेको छ ।

“आतङ्ककारीहरूले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए भने त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“झडपका क्रममा सैनिकले वीरतापूर्वक लडेको र पाँच सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

झडपमा तीन जना लडाकु पनि मारिएको बताइएको छ ।

२४ करोडभन्दा बढी जनसंख्या भएको र सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटसँग जुधिरहेको पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुने मिति तय भएको छ ।

शनिबारको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । जातीय बलोच पृथकतावादीहरूले वर्षौंदेखि यस इस्लामवादी र साम्प्रदायिक हिंसाले पनि प्रभावित यस क्षेत्रमा विद्रोह गरिरहेका छन् ।

बेइजिङबाट सहयोग प्राप्त अर्बौं डलरको पूर्वाधार अभियान चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) का लागि बलुचिस्तान पनि एक प्रमुख क्षेत्र हो ।

बलोच पृथकतावादीहरूले यसअघि पनि सीपीईसी परियोजनाहरूमा आक्रमणको दाबी गर्दै आएका थिए र हिंसाको सामना गर्न यस क्षेत्रमा हजारौं पाकिस्तानी सुरक्षाकर्मीहरू तैनाथ छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ४७ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको