गोदावरीमा ‘बाह्रराशि दर्शन मकर मेला’ सुरु | Khabarhub Khabarhub

गोदावरीमा ‘बाह्रराशि दर्शन मकर मेला’ सुरु


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – पवित्र देवभूमि—वेदभूमि प्रवेशद्वाराका रुपमा रहेको कैलालीको गोदावरी धाममा आज ‘बाह्रराशि दर्शन मकर मेला’ प्रारम्भ भएको छ । सुदूरपश्चिम प्रदेशप्रमुख देवराज जोशीले आज मेलाको शुभारम्भ गरे।

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने गरेको भन्ने शास्त्रीय मान्यताअनुसार कुम्भ मेलाको प्रतीकका रुपमा आजदेखि माघ १२ गतेसम्म १२ दिवसीय बाह्रराशि दर्शन मकर मेला सुरु गरिएको आयोजक गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए । मेला अवधिभर धाम क्षेत्रमा रहेको कुम्भ वाटिकामा भक्तजनका लागि बाह्रराशि, नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको दर्शन एवं पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

बाह्रराशी दर्शन मकर मेलाको आयोजनाले यो धामको धार्मिक पर्यटनको प्रवद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । केही वर्षअघि यसै क्षेत्रमा एक महिनासम्म ‘शहस्त्र कुम्भ दर्शन मेला’ गरिएको थियो । कुम्भ दर्शन मेला र बर्सेनि हुने बाह्रराशि दर्शन मेलाको आयोजनासँगै पछिल्ला वर्षमा यो क्षेत्रमा विभिन्न धार्मिक संरचना निर्माण भइरहेका छन् । गत वर्षको बर्खायाममा गोदावरी नदीमा उर्लिएको बाढीले यस क्षेत्रमा बनेका धार्मिक संरचनामा क्षति पु¥याएको थियो ।

पश्चिम नेपालमा सम्भवतः सवैभन्दा ठूलो (५२ फिट अग्लो) हनुमानको मूर्ति यही ठाउँमा रहेको छ । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार, चुरे पहाडको फेदमा रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरी रुपमा पनि लिने गरिन्छ । धनगढीदेखि २४ किलोमिटरको दूरीमा उत्तरतर्फ रहेको यो धाममा पवित्र गोदावरी नदी, मठमन्दिर, धर्मशाला र बौद्ध गुम्बा छन् ।

बृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको हो भन्ने स्कन्द पुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो छ । गोदावरी नदीमाथि स्टिल र काठ प्रयोग गरी झण्डै छ दशकअघि बनाइएको पुलमा तस्बिर लिने र टिकटक बनाउने युवायुवतीको दैनिक भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ५४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस