के हो आर्थोप्लाष्टी सर्जरी ? | Khabarhub Khabarhub

के हो आर्थोप्लाष्टी सर्जरी ?


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घुँडा धेरै खिएर बिग्रिदा हिँड्न समस्या हुन्छ । घुँडाकै कारण मानिसको जीवन कष्टकर बन्न पुग्छ । मालिस, ब्यान्डेज लगायतका उपायले केही राहत पुग्नसक्छ, तर त्यो अस्थायी मात्र हुन्छ । त्यसले समस्याबाट पूर्णतः मुक्ति दिन सक्दैन । विभिन्न कारणले देखापर्ने घुँडाको समस्याबाट छुटकारा पाउने उपायको रुपमा नेपालमै घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ । जसलाई आर्थोप्लाष्टी सर्जरी भनिन्छ । यो सबैभन्दा भरपर्दो र उत्तम विकल्पको रुपमा विकास भएको छ । घुँडा तथा जोर्नीसम्बन्धी समस्या विशेष गरी उमेर बढ्दै जाँदा हुने गर्दछ । विशेष गरेर उमेरको कारण घुँडा खिइने, घुँडा दुख्ने, घुँडा बाङ्गिने, जोर्नी खिइने तथा नशा च्यापिने समस्या भएका र खेलकुदका कारण घुँडामा चोट लागेका व्यक्तिको जोर्नी प्रत्यारोपण आवश्यक पर्दछ । यसै विषयमा ओम अस्पतालमा कार्यरत आर्थोस्कोपी एण्ड आर्थोप्लाष्टी सर्जन डा. निरज श्रेष्ठसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानी :

आर्थोप्लाष्टी सर्जरी भनेको के हो ?
हड्डीको जोर्नीहरु जस्तै हिप, घुँडा लगायतका अंग फेर्ने सर्जरीलाई आर्थोप्लाष्टी सर्जरी भनिन्छ ।

कस्तो अवस्थामा यो सर्जरीको आवश्यकता पर्छ ?
बढ्दो उमेर सँगसँगै घुँडाका हड्डीहरु खिएर जान्छ जसले गर्दा धेरै दुखाई हुने, हिँडडुल गर्न समस्या हुने हुन्छ । त्यस्तो अवस्थामा अर्थोप्लाष्टी सर्जरीको आवश्यकता पर्छ ।

यो सर्जरी कत्तिको प्रभावकारी भइरहेको छ ?
घुँडा र हिप फेर्ने सर्जरी आर्थाेपेडिक चिकित्सकले गर्ने संसारकै प्रभावकारी सर्जरी हो । नेपालमा पनि प्रभावकारी भइरहेको छ ।

यो सर्जरीमा पनि घाउहरु पाक्ने, जोर्नी दुख्ने, केही कामहरु गर्न असहज हुने जस्ता समस्या हुन सक्छन् । त्यसैले घुँडा खुम्च्याएर बस्ने, तलमाथि धेरै हिँड्ने काम गर्नु हुँदैन ।

एक पटक यो सर्जरी गरिसकेपछि फेरि गर्नुपर्ने अवस्था हुन्छ वा हुँदैन ?
कुनै केशमा एक पटक सर्जरी गरिसकेपछि फेरि पनि गर्नुपर्ने हुनसक्छ । तर धेरै केशमा त्यस्तो अवस्था आउँदैन । सर्जरी गर्दा प्रयोग हुने सामानले २० देखि २५ वर्षसम्मको हुन्छ ।

सर्जरीपछि के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
अन्य सर्जरीजस्तै यो सर्जरीमा पनि घाउहरु पाक्ने, जोर्नी दुख्ने, केही कामहरु गर्न असहज हुने जस्ता समस्या हुन सक्छन् । त्यसैले घुँडा खुम्च्याएर बस्ने, तलमाथि धेरै हिँड्ने काम गर्नु हुँदैन ।

उपचार कत्तिको खर्चिलो छ ?
यसको उपचार खर्चिलो नै छ । बाहिरी देशमा बीमाले कभर गर्छ । नेपालमा त्यो व्यवस्था छैन । कस्तो अस्पतालमा गरिएको भन्ने कुरामा पनि भरपर्छ । कुनै अस्पतालमा सस्तोमा पनि भइरहेको पाइन्छ ।

नेपालमा यो सर्जरीको सुरुवात करिब १५ वर्ष अगाडिदेखि नै भएको हो । यो सम्बन्धी जनशक्तिको कमी र बिरामीमा पनि चेतना नभएका कारण त्यति चलेको थिएन ।

कुन उमेर समूहमा यो सर्जरी गरिन्छ ?
बच्चादेखि वृद्धवृद्धासम्मको जोर्नी फेर्ने, ढाडको सर्जरी, चोटपटक लागेको सबैखाले उपचार गरिन्छ । तर धेरैजसो ५०–६० वर्ष उमेरपछि यो सर्जरी गर्नुपर्ने हुन्छ ।

नेपालमा कहिलेदेखि यो सर्जरी गर्न थालिएको हो ?
नेपालमा यो सर्जरीको सुरुवात करिब १५ वर्ष अगाडिदेखि नै भएको हो । यो सम्बन्धी जनशक्तिको कमी र बिरामीमा पनि चेतना नभएका कारण त्यति चलेको थिएन । अहिले दुई चार वर्षदेखि भने प्रभावकारी भइरहेको छ । तर जति मान्छेलाई यसको आवश्यकता छ उनीहरु यसको पहुँचमा पुगेको अवस्था छैन ।

सबै बिरामीलाई यसको पहुँचमा पुर्याउनको लागि के पहल गर्नुभएको छ ?
ओपीडीमा आएका बिरामीलाई यसबारे जानकारी दिने गरेका छौं । केश धेरै नै छन् । तर खर्चिलो र अप्रेशनपछि जटिलता आउँछ कि भन्ने डरले पनि धेरैले यसको उपचार नगरेको पाइन्छ ।

उमेर बढ्दै जाँदा जोर्नी र हिप खिइने गर्छ । महिनावारी बन्द भएका महिला, बाथरोग भएका व्यक्तिमा हड्डी खिइनेक्रम सुरु हुन्छ ।

जोर्नी खिइने कारण के के हुन् ?
उमेर बढ्दै जाँदा जोर्नी र हिप खिइने गर्छ । महिनावारी बन्द भएका महिला, बाथरोग भएका व्यक्तिमा हड्डी खिइनेक्रम सुरु हुन्छ । त्यस्तै मोटोपना, अस्वस्थ्यकर जीवनशैली, होचो र धेरैबेर टुक्रुक्क बसेर काम गर्ने, धेरै डाँडाकाँडा हिँडडुल गरिरहनुपर्ने समस्या भएका व्यक्तिमा जोर्नी खिइएको पाइएको छ । पाठेघर झिकिएका महिलामा पनि जोर्नी खिइने समस्या हुनसक्छ । हल्का दुखाइ हुँदा उपचार गरेमा ठिक हुन्छ तर जोर्नी खराब भएर हातखुट्टा बांगिसकेको अवस्थामा जोर्नी प्रत्यारोपणको विकल्प छैन ।

यो समस्या महिला वा पुरुष कसलाई बढी देखिन्छ ?
उपचारमा आएका बिरामीको आधारमा हेर्ने हो भने महिलामा बढी यो समस्या देखिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ४६ बजे

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि

बिस्का नखः जात्राको अवसरमा टोखामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक