घातक हुनसक्छ धेरै चिया सेवन | Khabarhub Khabarhub

घातक हुनसक्छ धेरै चिया सेवन


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मानिसका धेरै लत मध्ये चिया पनि एउटा लत हो। चियाका केही लाभदायक पाटा पनि छन्। परन्तु चियाका केही हानी छन्। धेरै चिया सेवन गरेमा यसले शरीरमा धेरै किसिमको समस्या निम्तिन सक्छ।

चियामा टान्नीन्स भन्ने नामको पदार्थ हुन्छ। यसको काम केही खाद्य पदार्थमा रहेको आइरनलाई बाँधेर राख्ने हो। धेरै चिया सेवन गरेमा यसै तत्त्वका कारण खाद्यान्नमा भएको आइरनलाई मानिसको शरीरले ग्रहण गर्न सक्दैन। जसले आइरनको कमी भएर शरीरमा धेरै किसिमका समस्या निम्तिन सक्छ। शरीरमा आइरनको कमी छ भने चियाले समस्यालाई अझ धेरै बढाउन पनि सक्छ।

अनुसन्धानले देखाए अनुसार पशुसँग सम्बन्धित खाद्यान्न भन्दा विरुवासँग सम्बन्धित खाद्य पदार्थबाट आइरन लिन चियाको टान्नीन्स घातक हुनसक्छ। यस कारण शाकाहारी मानिसले चिया सेवनमा अलि बढी नै ध्यान दिनुपर्ने हुन्छ। कत्ति टान्नीन्स रहने भन्ने कुरा चिया तयार गर्ने शैलीमा निर्भर रहने गर्छ। परन्तु दैनिक तीन या सो भन्दा कम कप चिया धेरै जनाका लागि उपयुक्त हुनसक्छ।

के कुरामा ध्यान दिनुपर्छ भने शरीरमा आइरनको कमी भए पनि चियामा रमाई रहनुको मतलब अझ पनि केही समस्या छ भन्ने हो।

चियामा स्वाभाविक रूपमा क्याफिन पनि हुन्छ। कुनै पनि रूपमा शरीरमा क्याफिनको मात्रा बढी भएमा यसले चिन्ता, अनिन्द्रा र बेचैनीको समस्या उत्पन्न गर्छ। दुई सय ४० मिलिमिटरको एक कप चियामा सामान्यतया ११ देखि ६१ मिलिग्राम क्याफिन हुन्छ। बनाउने तरिकामा यो धेरै निर्भर रहने गर्छ।

untitled design – 29

अनुसन्धानले देखाए अनुसार सेतो चिया या ग्रिन टीमा भन्दा कालो चियामा क्याफिनको मात्रा बढी हुन्छ। जत्ति धेरै समय पकायो त्यत्ति धेरै क्याफिन हुन्छ। धेरै रिसर्चका अनुसार दैनिक दुई सय मिलिग्राम भन्दा कम क्याफिनले धेरै मानिसमा एन्जाइटीको समस्या पैदा गर्दैन। यदि नर्भसपन बढी रहेको छ भने शरीरमा क्याफिनको मात्रा बढी भएको आफै बुझ्नुपर्ने हुन्छ। यो समस्या बढेमा अन्य चिया या तातो पेय पदार्थको विकल्पमा हर्बल टी रोज्नु आवश्यक हुन्छ।

चियामा रहेको क्याफिनकै कारण निन्द्राको चक्रलाई समेत धेरै असर गर्नसक्छ। मस्तिष्कलाई सुत्ने वातावरण मिलाउनका लागि मेलाटोनीसको आवश्यकता हुन्छ। क्याफिनले प्रशस्त मात्रामा मेलाटोनीसको उत्पादन गर्न अवरोध सिर्जना गर्छ।

यो अनिन्द्रासँग अन्य मानिसिक विषय पनि जोडिएका हुन्छन्। केही कुरामा बढी ध्यान जानु, अन्य विषयको समस्या हुनु र धेरै थकान पनि निन्द्रासँग जोडिएका विषय हुन्। लगातार निन्द्राको चक्रमा समस्या आउनुको मतलब अन्य विषयको अभाव मात्र होइन ब्लड सुगरको कमी पनि हुनसक्छ। मानिसले क्याफिनको प्रयोग गर्ने मात्रा फरक छ। निन्द्राको सन्तुलन बिग्रन नदिन कत्तिसम्म ठिक भन्ने यकिन नै भने छैन। तथापि निन्द्रामा समस्या आएमा क्याफिनको मात्रामा ध्यान दिन जरुरी हुन्छ।

केही अध्ययनले सुत्नु भन्दा ६ घण्टा अगाडि कफी सेवन गरेमा पनि यसले निन्द्रामा समस्या उत्पन्न हुने जनाएको छ। तथापि यसको प्रस्ट आधार छैन। चियामा वाकवाकी लगाउने धेरै पदार्थ हुन्छ। चियाको सेवन धेरै भएमा पनि वाकवाकी लाग्नसक्छ। खाली पेटमा चियाको सेवनले पनि वाकवाकी लाग्नसक्छ। चियाको पत्तामा रहेको टान्नानीन्स नै तितो पनको कारण हो। यसले नै हाम्रो पाचन प्रणालीलाई समेत असर गर्छ। खासमा यसले पेट दुख्ने तथा वाकवाकी लाग्ने दुवै समस्या निम्तिन सक्छ।

कत्ति चिया ठिक्क भन्ने कुराको यकिन छैन। समस्या भएमा १ या दुई कप भन्दा बढी चिया सेवन गर्नु हुँदैन। पाँच कप भन्दा बढी चिया त कुनै हालतमा सेवन गर्नु हुँदैन। चियासँग अन्य केही खानेकुराको प्रयोग गरेमा यसले पेटमा समस्या हुनबाट बचाउन सक्छ।

चियामा रहेको क्याफिनका कारण एसिड उत्पन्न भएर केही जलनको महसुस पनि हुनसक्छ। क्याफिनेले शरीरमा केही आनन्द दिए जस्तो त महसुस हुन्छ। तर यसै समयमा अन्न नलीको पेटबाट केही छुट्टिएको पनि हुनसक्छ। पेटमा एसिड उत्पन्न भएर यसले आन्द्रामा पनि असर गर्नसक्छ। यदि हामीले धेरै चिया पिउने गरेका छौं र यसले जलन हुन्छ भन्ने तत्काल चियाको मात्रा घटाउनुपर्ने हुन्छ।

गर्भवतीलाई त चियाले धेरै असर गर्नसक्छ। गर्भ पतन हुने या कम तौलको बच्चा जन्मने समस्या समेत उत्पन्न हुनसक्छ। यस्तो अवस्थामा सकेसम्म कम चिया कफी सेवन गर्नु उपयुक्त हुन्छ। अमेरिकाको महिला रोगको कलेजले गरेको एक अध्ययन अनुसार २ सय मिलिग्राम भन्दा बढी क्याफिन त गर्भवती महिलाका लागि अत्यन्त घातक हुनसक्छ। यस कारण गर्भवती महिलाले दैनिक ३ कप भन्दा बढी चिया पिउनु हुँदैन।

कसैले हर्बल टी उपयुक्त माने पनि गर्भवतीका लागि हर्बल टी पनि उपयुक्त नहुनसक्छ। हर्बल टिमा केही पदार्थ हुन्छ। जसले समय भन्दा अघि नै बच्च जन्मने सम्भावना पनि उत्पन्न हुन्छ।

क्याफिनकै कारण टाउको दुखाइको समस्या पनि उत्पन्न हुनसक्छ। यदि नियमित रूपमा टाउको दुख्छ भने धेरै कुरामा ध्यान दिनु आवश्यक हुन्छ। थोरै मात्र कफी सेवन गरेमा या क्याफिनको प्रयोगले टाउको दुख्ने समस्यामा कमी समेत ल्याउन सक्नेछ।

यदि चक्कर या रिङटा लाग्ने समस्या देखिएमा यो चियामा रहेको क्याफिनको कारण पनि हुनसक्छ भनेर अनुमान गर्न सकिन्छ। चार सयदेखि पाँच सय मिलिग्रामबाट पनि क्याफिनको मात्रा बढेमा यो समस्या उत्पन्न हुनसक्छ।

क्याफिन हामीले नियमित रूपमा चिया अन्य धेरै कुराबाट पाउन सक्छौ। हामीले एकै पटक क्याफिनेको मात्रा घटाएमा यसले धेरै शारीरिक समस्या आउनसक्छ। पहिलो समस्या त टाउको दुख्ने नै हो। अल्छी लाग्ने तथा मुटुको चाल बढ्ने समस्या पनि उत्पन्न हुनसक्छ।

चियाको इतिहास हेर्दा भारत र चीनका सम्राट्ले सुरुमा प्रयोग गरेको देखिन्छ। पछिल्लो समय युरोप हुँदै अमेरिकामा समेत पुगेको यो पेय पदार्थ आतिथ्यताका लागि लोकप्रिय मानिन्छ। यसको मात्रामा भने ध्यान दिनु जरुरी छ।


स्रोतः हेल्थ लाइन डटकम ,पिट डटकम

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ११ : ५२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि