एउटा चील र परेवाको घनिष्ट मित्रता थियो। परेवा ज्यादै वृद्ध थियो भने चील जवान। बुढो मित्र परेवालाई चीलले नै चारो खोजेर ल्याइदिन्थ्यो। दुवै एउटै रुखको डालीमा बस्थे। एकदिन चील चारो खोज्न गएका बेला यमराजका दूतहरु त्यही बाटो हुँदै कतै जान त्यहाँ आइपुगे। उनीहरु बुढो परेवातिर हेर्दै हाँसेर बाटो लागे। यो दृश्यले बुढो परेवाको मनमा चिसो पस्यो।
एकछिनपछि चारो बोकेर आएको चीलले आफ्नो परम मित्र परेवा झोक्राएर बसेको देखेर कारण सोध्यो। परेवाले निरास हुँदै भन्यो- ‘अब मेरो मर्ने दिन आए जस्तो छ। उमेरले नेटो पनि काटिसक्यो। मलाई हेरेर यमदूत हाँस्दै हिँडेको आज मेरै आँखाले देखेँ। सायद तिनीहरु अब मलाई लिन आउँछन्।’ मित्रलाई ढाड्स दिँदै चीलले भन्यो- ‘यहाँदेखि एक हजार योजन पर एउटा पहाड छ। त्यो पहाडमा एउटा गुफा छ। म तपाईंलाई आफ्नो पिठ्यूँमा बोकेर त्यो पहाडको गुफामा लुकाउँछु। चिन्ता नगर्नुस, अनि यमराजलाई भेटेर यमदूत हाँस्नुको कारण पनि पत्ता लगाउँछु।’ चीलले परेवालाई भनेकै ठाउँमा लगेर लुकायो। अनि सीधै यमराजसँग गएर दूत हाँस्नुको कारण सोध्यो।
तत्काल दूतहरुलाई बोलाएर यमराजले परेवा हेरेर हाँस्नुको औचित्य पुष्टि गर्न आग्रह गर्दा उनीहरुको उत्तर थियो- ‘महाराज, बुढो परेवा जहाँ थियो, त्यहाँबाट एक हजार योजन पर पहाडको गुफामा बस्ने बुढो स्यालले यतिखेर त्यसलाई मार्ने भनेर विधाताको लेखन रहेछ। दुबै बुढा भएकाले न परेवा त्यहाँ जानसक्छ, न स्याल धाउन नै। अब विधाताले लेखेको कसरी पूरा होला भनेर हामी हाँसेका थियौं तर पूरा हुँदो रहेछ। आफ्नै साथी चीलले त्यो काम फत्ते गरिदियो।’ दूतका कुरा सुनेर चील छक्क पर्यो। उसको मित्र परेवालाई पहाडको गुफामा बस्ने बुढो स्यालले आफ्नो आहारा बनाइसकेको थियो।
पार्टी अलग भएर के गर्नु ? रेफ्री एकै छन्। मात्र फरक के भने पात्रको स्तरअनुसार कसैलाई खैंजडी, कसैलाई मादल, कसैलाई डमरु, कसैलाई तबला बजाउने जिम्मेवारी दिइएको छ। मारुनी नाच्ने त प्रशस्तै छन्।
माओवादीका हेडसर पुष्पकमल दाहालले आफ्ना पार्टीका अनुचरलाई यो कथा सुनाउने दिन आउन धेरै बाँकी छैन्। एमसीसी, बीआरआई र थप अर्को अयोध्या नामका तीन क्षेप्यास्त्र नेपालको शीर्ष राजनीतिक नेतृत्वका लागि हँसिया निले सरह भयो। बाहिर देश र जनताका लागि भनेर जुन आवरणमा नाटक मञ्चन गरे पनि तिनीहरुका वर्षौंपछिका कर्म क्यालेण्डर अगाडि नै तय भइसकेका छन्। पार्टी अलग भएर के गर्नु ? रेफ्री एकै छन्। मात्र फरक के भने पात्रको स्तरअनुसार कसैलाई खैंजडी, कसैलाई मादल, कसैलाई डमरु, कसैलाई तबला बजाउने जिम्मेवारी दिइएको छ। मारुनी नाच्ने त प्रशस्तै छन्। अयोध्यामा रामको अभूतपूर्व आगमनपछि त नेपालमा एउटा चर्चित हिन्दी गीतको सान्दर्भिकता झन बढेर जाने देखिन्छ। त्यो गीत हो- ‘जितनी चाभी भरे राम ने, उतनी चले खिलोना।’
विभिन्न आवरणका दलालको लीला विचित्र छ। तिनीहरु जुनसुकै पार्टीका शीर्ष नेतृत्वका लागि रुचिकर छन्। दलालको रथमा सवार हुन जोकोहीमा प्रतिस्पर्धा छ। अहिले दलाली स्वरुप कांग्रेसभित्र कम्युनिस्ट, कम्युनिस्टभित्र कांग्रेस चियामा चिनी घुलेसरि बसेका छन्। राजावादी र माओवादीको रसायन ढुंगासँग पानी मिलेजस्तै देखिन्छ। त्यतिमात्र हैन अमेरिकी, भारतीय, पश्चिमा, मठ मठाधिश, अलकायदादेखि बोकोहरामसम्मका एजेन्ट दलभित्र सक्रिय छन्।
नेपाल मात्र विश्वको यस्तो देश हो, जहाँ बाउ विरुद्ध कुरा ओसार्ने कपुत एजेन्ट पनि पाइन्छ। पार्टीको आवरणमा स्टीलको गिलासमा पानी खाएको नाटक गरेर ब्लु लेबल रित्याउने नेपाली जनताका भाग्य निर्माताको कथा हजार जीब्रो भएको शेष नागले पनि लेख्न सक्दैन।
अहिले दलाली स्वरुप कांग्रेसभित्र कम्युनिस्ट, कम्युनिस्टभित्र कांग्रेस चियामा चिनी घुलेसरि बसेका छन्। राजावादी र माओवादीको रसायन ढुंगासँग पानी मिलेजस्तै देखिन्छ।
तीन करोड जनसंख्या, एउटा रात्रीबसले एकरातमा पुरै छिचोल्ने भूगोल भएको देशमा एउटा दल चलाउन सयौं संख्यामा केन्द्रीय कमिटी, अढाई लाख सरकारी फौज, सत्तरी हजार कर्मचारी, हजारौं जनप्रतिनिधि, सिंहदरबारदेखि ब्रम्हनालसम्म लाखौं झण्डै अखडामा लाखौं मानिसको संलग्नता छ। जंगलका जनावर र घरपालुवा पशुपन्छी अपवाद छोडेर बाँकी सबैलाई राजनीतिक दलको दास बनाइएको छ। यदि हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन एउटा रोज्नुपर्ने हुन्थ्यो।
देशका हरेक तह तप्काका मानिसमा व्यस्तता छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघि पछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्री, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ।
मन्त्रालयका सचिव बिहानदेखि बेलुकासम्म विभागीय प्रमुखको भेला गरेर गाँठो फुकाउन व्यस्त छन्। संसदीय समितिलाई कठघरामा उभ्याउन चौबीस घण्टाले पुगेको छैन। अख्तियार वक्तव्यबाजी गरिरहेको छ। महालेखा सदाचारका अंक छापेको छापेकै छ। बिहानदेखि बेलुकासम्म बैठकले नपुगेर अब त कामसँग नभएर कागजसँग सम्झौता गर्ने होड चल्दो छ। तर जिम्मेवारीमा पुगेका हेडसरहरु देश कसरी चलेको छ भन्नेमा आफैं अलमलमा छन्। यो यस्तो देश हो, दरबार हत्याकाण्डजस्तो जघन्य अपराध हुँदा सेनापतिले लाजै नमानी भनिदिए- ‘दरबारको सुरक्षा नेपाली सेनाको जिम्मेवारीभित्र पर्दैन।’
जंगलका जनावर र घरपालुवा पशुपन्छी अपवाद छोडेर बाँकी सबैलाई राजनीतिक दलको दास बनाइएको छ। यदि हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन एउटा रोज्नुपर्ने हुन्थ्यो।
एउटा मन्त्रालयका मुखिया अर्को मन्त्रालयका मुखियाको फाइल अड्काउने दिन कुरेर बसेका छन्। पर्यटन मन्त्रालय विमानस्थल विस्तार गर्ने भन्छ, वन मन्त्रालय ‘हेरौं मेरो जंगल छुन दिन्न कहाँ बनाउँदो रहिछस ?’ अर्थमन्त्रालय बजेट महाशाखाका उपसचिव अरु मन्त्रालयका सचिवलाई विन्तीपत्र बनाउन पाउँदा दंगदास देखिन्छन्।
राजश्वका कर्मचारीले दसैंमा बाआमाबाट हुलाकमा काम गर्ने अर्को सन्तानभन्दा अझ गहकिलो आशिष थाप्छन्। देशभरका बन्दुकेको हाकिम हुन पाइने गृहमन्त्री र गृहसचिवका लागि हुने मल्ल युद्धको चर्चा गरेरै साध्य लाग्दैन। मन्त्रालयका सचिवको दिनचर्याको किस्सै अलग। हिमालमा यत्ति भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नु भयो भने त्यसदिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ।
आफू अनुकूलका काममा मन्त्री सन्काउने बाहेक अरु कर्म तिनीहरुको भाग्यमै लेखिएन। पाँच वर्षको करार जागिर मुलुकभन्दा पनि आफ्नो रोडम्याप बनाउन खर्च हुने गरेको छ। फौजका प्रमुख बैठकमा रातदिन शान्ति सुरक्षा पेचिलो बनाउन लागेकै छन्। दलका माथिदेखि गाउँ इकाईसम्मका नेतालाई नयाँ नेपालको सपनाबाट ब्यूँझिने एकछिन फुर्सद छैन। केन्द्रमा यसखाले पानी परेपछि त क्षेत्र, जिल्लाले त सक्कल बमोजिम नक्कलअनुसारको छाता ओढ्न परिहाल्यो।
मन्त्रालयका सचिवको दिनचर्याको किस्सै अलग। हिमालमा यत्ति भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नु भयो भने त्यसदिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ।
सञ्चारक्षेत्रमा सूचनाको भल बाढी त कुरै गर्नु परेन, युधिष्ठिरलाई जस्तै इच्छा मरणको उपहार समाचार शिल्पीहरुबाट प्राप्त हुनेछ। कुर्सीमा बसेका त व्यस्त भए नै, भूतपूर्वहरुमा पनि माटोसँगको उभार यसरी आयो कि उनीहरु पनि भूमिका खोज्न तल्लिन छन्। दर्जनौं पूर्व भीभीआईपी, हजारमाथि पूर्वमन्त्री, निजामती, जंगी, न्यायका पूर्व बर्दीधारीसमेत जुँगाअनुसारको भाग खोज्न लालायित देखिन्छन्।
सडकमा हेर्नुस- एम्बुलेन्स जत्तिक्कै शव वाहनलाई हतारो छ। राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलग अलग बाटो खोज्ने प्रतिस्पर्धा छ। कसैलाई झुन्ड्याउन ठिक पार्नुस, छिचोली नसक्नु मानिसको भीड लाग्छ। फूलमाला, खादा, अभिनन्दनको कुरै छाडौं, आधा क्वीन्टलको माला धारण नगर्ने यो देशमा कुन ठूलो मान्छे होला ?
कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अविर लगाएरै सकिन्छ। नेपालमा पहिला पहिला मानिस पशुपन्छी चराएर दूध, अन्न, फलफूल उब्जाउँथे। बाउबाट छोराले सुनसरह फल्ने नासो स्वरुप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो। अहिले मान्छे भैंसी हैन, मान्छे चराउँछ।
मान्छे जब मान्छे चराउन पल्किन्छ, उभित्र अरु भाव हराउँछ। एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानी उसले केहीमा भेट्दैन। यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसँग हैन आफ्नै वंशसँग डराउँछ। अरवी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ।
मान्छे जब मान्छे चराउन पल्किन्छ, उभित्र अरु भाव हराउँछ। एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानी उसले केहीमा भेट्दैन। यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसँग हैन आफ्नै वंशसँग डराउँछ।
शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरेपनि कलियुगमा भने पेशा जुनसुकै होस न, ठगी किस्मतको सूचीमा बढुवा भएको छ। सम्भवतः यही प्रवृत्ति सलहझैं बढेका कारण कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्को समेत बाहिरबाट भित्र्याउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ।
जनै, नेपाली मात्ने छ्याङ समेत रेडिमेड पोकामा आउन थालेका छन्। महात्मा गान्धी, नेल्शन मण्डेला, देङ सियाओ पिङ, मुहम्मद महाथिर, बिल गेट्स, मार्क जुकरवर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबीस घण्टा उपयोग गरेर पूज्य हुँदा हामी समयको कुन साइत कुर्दैछौं ?
जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे ! समयले देश बनाउने होइन। मानिसले सुकर्मको रंग छर्यो भने समय आफैं इन्द्रेणी बनेर उपस्थित हुने हो। हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आफैंमाथिको अन्तरघात हो। ईश्वरको संरचनामा कतै खोट छैन। मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन्। गीता, बाइबल, चर्च अनुवाद गर्नुस, अक्षरका पाँच गेडा पाउनु हुनेछ। यो सत्य जान्दाजान्दै पनि मानिसका दुःख बीसको उन्नाइस भएको छैन।
प्रतिक्रिया