सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पर्सा– सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छ भने ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढेको छ ।

गत आवको पहिलो छ महिनामा भएका एक सय ३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको तुलनामा चालू आवको सोही अवधिमा दुई सय सात सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । 

उनले सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको छ । उनले दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारी साधन चलाउनु नै रहेको बताए । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको सङ्ख्या १९ प्रतिशत र समान्य घाइतेको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य एक सय ८१ घाइते भएको तुलनामा चालू आवमा गम्भीर घाइते हुनेको सङ्ख्या ४९ र सामान्य घाइतेको सङ्ख्या दुई सय ७१ पुगेको निरीक्षक खतिवडाले जानकारी दिए । उनले बढ्दो सवारी दुर्घटनालाई न्यून गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा ४१ हजारभन्दा बढी व्यक्तिलाई सवारी ऐनबारे जनचेतना दिएको बताए । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : ३४ बजे

कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस्

जनकपुरधाम– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमाले सचिव

शशांकको प्रस्ताव- संविधानमा धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता राखौँ, प्रतिनिधिसभा प्रत्यक्ष प्रणालीको बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधनको एजेन्डालाई

दयाहाङ र प्रकाशले सुरु गरे ‘मिरमिरे’को छायाङ्कन

काठमाडौं– यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म ‘मिरमिरे’को छायाङ्कन सुरु भएको

पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी

गण्डकी– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी

प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

तानसेन– यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम