पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद (विधानको मस्यौदासहित) « Khabarhub

पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद (विधानको मस्यौदासहित)


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चुन्ने कि केन्द्रीय समितिबाट चुन्ने भन्ने विषयमा विधान अधिवेशनमा विवाद देखापरेको छ ।

पार्टीको संस्थापन पक्षले विधान अधिवेशनमा पेश गरेको प्रस्तावमा पदाधिकारीहरु केन्द्रीय समितिबाट अप्रत्यक्षरुपमा चुनिने प्रावधान राखिएको छ । तर, सहभागीहरुले पदाधिकारीको निर्वाचन प्रत्यक्षरुपमा हुनुपर्ने माग गरेका छन् ।

सम्मेलनमा सहभागी एक नेताले खबरहबसँग भने, ‘ केन्द्रीय कमिटीका सदस्यजस्तै पदाधिकारी पनि प्रत्यक्षरुपमा चुनिनुपर्ने हामीले माग गरेका छौं, तर संस्थापन पक्षले केन्द्रीय समितिबाटै पदाधिकारी चुनिने प्रावधान ल्याएको छ, यसमा विवाद छ ।’

फागुन १ देखि ३ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी विधान अधिवेशनमा अध्यक्ष प्रचण्डका तर्फबाट प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्तावमा ११ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरएिको छ । प्रचण्डको प्रस्तावमाथि २० वटा समूह बनाएर छलफल भइरहेको छ ।

अध्यक्ष प्रचण्डले ५१ प्रतिशत केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने र ४९ प्रतिशत मनोनित गर्ने प्रस्ताव गरेका छन् । तर, हलबाट ६०/४० को माग आएको स्रोतले बतायो ।

यसैबीच माओवादी बिधान सम्मेलनमा २० समुहको ब्रिफिङ  सुरु भएको छ ।

अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको उपस्थितिमा २० समुहको ब्रिफिङ  सुरु भएको हो । ब्रिफिङ आजै सकिने बताइएको छ ।

हेर्नुहोस् विधानको मस्यौदा

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : १५ बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको