गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपतिको आह्वान « Khabarhub

गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपतिको आह्वान


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गरेका छन् । 

 पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई सबल तुल्याउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तरको शिक्षा आजको आवश्यकता हो भने । 

‘हरेक व्यक्तिलाई व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता हो । मुलुकको सर्वाङ्गिण विकासका निम्ति अध्ययन–अध्यापन प्रणालीमा सुधार अपरिहार्य छ,’ आधुनिक शिक्षाका माध्यमबाट राष्ट्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भने । सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशअनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा उनले जोड दिए । 

‘प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठन पद्धतिको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरूपको शिक्षा विकास गर्नेतर्फ अबका हाम्रा कदम केन्द्रित हुनुपर्छ’, राष्ट्रपति पौडेलले भने। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भएकाले श्रमको सम्मान गर्ने शिक्षाको विकासमा लाग्न आह्वान गरे। 

राष्ट्रपति पौडेलले राष्ट्रका प्राकृतिक सम्पदाको अधिकतम  सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनका प्रभावबारे गम्भीर हुन आग्रह गरे । साथै उनले स्वदेशमा पौरख गर्न युवा पुस्तालाई अनुरोध गरे । 

राष्ट्रपति पौडेलले समृद्धिका आधार कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र ऊर्जा उत्पादन भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले पूर्वीय ज्ञान, परम्परा र सभ्यताको केन्द्र नेपाल भएकाले सबैतिर ज्ञानको ज्योति फैलाउन आवश्यक छ भने । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले बहुलता र एकतालाई अङ्गिकार गरेको बताउँदै राष्ट्रपति पौडेलले सबल, समावेशी र उन्नत राष्ट्र निर्माण सबैको साझा दायित्व भएको बताए । 

पाँचथर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमनाथ खतिवडाले घट्दो विद्यार्थी सङ्ख्या र स्रोत साधनको सीमिततालाई ध्यानमा राखेर क्याम्पस सञ्चालनका लागि दिगो अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको बताए । 

महायज्ञमा भागवत कथा वाचक दीनबन्धु पोखरेल, बौद्ध गुरु खेन्पो फुर्तेम्बा शेर्पा र मुन्धुमका प्रवचनकर्ता  चन्द्रकुमार शर्माले प्रवचन दिने छन् । हालसम्म  १५ हजार विद्यार्थीले उक्त  क्याम्पसमा अध्ययन गरिसकेका छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ०६ बजे

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्फू- पश्चिम एशियामा जारी युद्धको प्रत्यक्ष असर हिमाली राष्ट्र भुटानसम्म

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई

शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

काठमाडौं– संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद्