गण्डकीमा पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने | Khabarhub Khabarhub

गण्डकीमा पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज सूर्योदय बिहान ६ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा हुनेछ ।

 

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ६ : २० बजे

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्

काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक

अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट

काठमाडौं– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी– पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत्

विश्व क्रिकेटमा गेम चेन्जर बन्नसक्छ इटाली

जसप्रित सिंहका बाबु सन् २००६ मा भारत छाडेर इटाली पुगेका