सन्तानका लागि धुमपान छोड्ने नायक « Khabarhub

सन्तानका लागि धुमपान छोड्ने नायक


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली होस् वा भारतीय सिनेमा चुरोट तानेको दृश्य सामान्य रुपमा देखाइन्छ । चुरोट तानेको दृश्य नभएका फिल्म सायदै छैनन् होला । अझ पछिल्लो समय हिरोहरुले शानसँग चुरोट तानेको दृश्य दर्शकले निकै रुचाएको पाइन्छ ।

पछिल्ला बलिउड फिल्मको कुरा गर्ने हो भने फिल्म ‘एनिमल’मा रणवीर कपुर र ‘कबिर सिंह’मा शाहिद कपुरले चुरोट तानेको धेरै दर्शकले रुचाए । तर यी दुवै हिरो वास्तविक जीवनमा चुरोटको कुलतबाट टाढिएका छन् । उनीहरु सो कुलत त्याग्नुको मुख्य कारण सन्तान भएको बताउँछन् ।

त्यस्तै, अभिनेता इमरान हाशमीले पनि आफ्नो सन्तानका लागि चुरोटको तल त्याग गरेका थिए ।

बलिउडमा सन्तानका लागि चुरोट र मद्यपान छोडेको दाबी गर्ने कलाकार धेरै छन् । जानौँ यी चल्तीका नायकलाई लामो समय देखिको कुलत छुटाउन सन्तानको मायाले कस्तो प्रभाव पार्‍याे–

शाहिद कपुर
फिल्म ‘कबिर सिंह’को शाहिद कपुरले चुरोट तानेको दृश्यले धेरै दर्शकलाई लोभ्याएको थियो । फिल्ममा मात्र होइन वास्तविक जीवनमा पनि शाहिद चुरोटको कुलतबाट टाढा थिएनन् ।

कुलत छोड्न नसकेर सानी छोरीबाट लुकेरसमेत लामो समयसम्म चुरोट तानेको शाहिद बताउँछन् । नेहा धुपियाको शो ‘नो फिल्टर नेहा’मा अहिले सो कुलतबाट टाढा रहेको बताए ।

उनी भन्छन्, ‘छोरीको जन्म भएपछि म लुकेर चुरोट तान्थेँ । एक दिन लुकेर धुमपान गरिरहेको बेला कति दिन यस्तो गर्ने भन्ने सोच आयो र छोड्ने निर्णय गरेँ ।’

शाहिद आफ्नो जीवनमा यस परिवर्तन छोरीकै कारण छोरी प्रतिको माया भएको बताउँछन् ।

रणवीर कपुर
रणवीर कपुर बुबा बनेको भर्खर १ वर्ष नाघ्यो । दुई महिनाअघि प्रदर्शनमा आएको फिल्म ‘एनिमल’मा बढो सानसँग चुरोट तानेका थिए । तर उनीले अहिले चुरोटको कुलत छाडेका छन् ।

रणवीरले फिल्म प्रदर्शनमा आउनु अगावै चुरोट छाडेका हुन् । फिल्म प्रचारका दौरानमा एक अन्तर्वार्तामा छोरी राहाको स्वास्थ्यका लागि धुमपान त्यागेको बताएका थिए ।

उनले भनेका थिए, ‘धुमपान र मद्यपानको लत त्यसै पनि राम्रो होइन । छोरी जन्मिएपछि राम्रो बुबा बन्नका लागि मैले धुमपान छोडेँ । अहिले योग र ध्यान गर्न थालेको छु ।’

इमरान हाशमी
इमरान हाशमीले सन् २०१६ मा आफ्नो पुस्तक ‘द किस अफ लाइफ’ को प्रचारका क्रममा छोराका कारण आफ्नो जीवन परिवर्तन भएको बताएका थिए । तीन वर्षको छोरालाई क्यान्सर भएको थाहा पाउँदा आफ्नो  जीवन रातारात परिवर्तन भएको उनको भनाइ छ ।

छोरालाई क्यान्सरबाट मुक्त गराउन राम्रो जीवनशैलीको बारेमा सिकाउन चुरोट छाडेको उनले बताएका थिए । उनले भनका थिए, ‘मैले आफ्नो बच्चाको लागि राम्रो रोल मोडल बन्नको लागि आफ्नो जीवनशैली परिवर्तन गरेँ। स्वस्थ जीवनशैली अपनाएँ । तपाईंले ह्याम्बर्गर खाएर बच्चाले हरियो तरकारीहरू खाने आशा राख्नु उचित होइन ।’

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ६ : ३८ बजे

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम