सन्तानका लागि धुमपान छोड्ने नायक | Khabarhub Khabarhub

सन्तानका लागि धुमपान छोड्ने नायक


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली होस् वा भारतीय सिनेमा चुरोट तानेको दृश्य सामान्य रुपमा देखाइन्छ । चुरोट तानेको दृश्य नभएका फिल्म सायदै छैनन् होला । अझ पछिल्लो समय हिरोहरुले शानसँग चुरोट तानेको दृश्य दर्शकले निकै रुचाएको पाइन्छ ।

पछिल्ला बलिउड फिल्मको कुरा गर्ने हो भने फिल्म ‘एनिमल’मा रणवीर कपुर र ‘कबिर सिंह’मा शाहिद कपुरले चुरोट तानेको धेरै दर्शकले रुचाए । तर यी दुवै हिरो वास्तविक जीवनमा चुरोटको कुलतबाट टाढिएका छन् । उनीहरु सो कुलत त्याग्नुको मुख्य कारण सन्तान भएको बताउँछन् ।

त्यस्तै, अभिनेता इमरान हाशमीले पनि आफ्नो सन्तानका लागि चुरोटको तल त्याग गरेका थिए ।

बलिउडमा सन्तानका लागि चुरोट र मद्यपान छोडेको दाबी गर्ने कलाकार धेरै छन् । जानौँ यी चल्तीका नायकलाई लामो समय देखिको कुलत छुटाउन सन्तानको मायाले कस्तो प्रभाव पार्‍याे–

शाहिद कपुर
फिल्म ‘कबिर सिंह’को शाहिद कपुरले चुरोट तानेको दृश्यले धेरै दर्शकलाई लोभ्याएको थियो । फिल्ममा मात्र होइन वास्तविक जीवनमा पनि शाहिद चुरोटको कुलतबाट टाढा थिएनन् ।

कुलत छोड्न नसकेर सानी छोरीबाट लुकेरसमेत लामो समयसम्म चुरोट तानेको शाहिद बताउँछन् । नेहा धुपियाको शो ‘नो फिल्टर नेहा’मा अहिले सो कुलतबाट टाढा रहेको बताए ।

उनी भन्छन्, ‘छोरीको जन्म भएपछि म लुकेर चुरोट तान्थेँ । एक दिन लुकेर धुमपान गरिरहेको बेला कति दिन यस्तो गर्ने भन्ने सोच आयो र छोड्ने निर्णय गरेँ ।’

शाहिद आफ्नो जीवनमा यस परिवर्तन छोरीकै कारण छोरी प्रतिको माया भएको बताउँछन् ।

रणवीर कपुर
रणवीर कपुर बुबा बनेको भर्खर १ वर्ष नाघ्यो । दुई महिनाअघि प्रदर्शनमा आएको फिल्म ‘एनिमल’मा बढो सानसँग चुरोट तानेका थिए । तर उनीले अहिले चुरोटको कुलत छाडेका छन् ।

रणवीरले फिल्म प्रदर्शनमा आउनु अगावै चुरोट छाडेका हुन् । फिल्म प्रचारका दौरानमा एक अन्तर्वार्तामा छोरी राहाको स्वास्थ्यका लागि धुमपान त्यागेको बताएका थिए ।

उनले भनेका थिए, ‘धुमपान र मद्यपानको लत त्यसै पनि राम्रो होइन । छोरी जन्मिएपछि राम्रो बुबा बन्नका लागि मैले धुमपान छोडेँ । अहिले योग र ध्यान गर्न थालेको छु ।’

इमरान हाशमी
इमरान हाशमीले सन् २०१६ मा आफ्नो पुस्तक ‘द किस अफ लाइफ’ को प्रचारका क्रममा छोराका कारण आफ्नो जीवन परिवर्तन भएको बताएका थिए । तीन वर्षको छोरालाई क्यान्सर भएको थाहा पाउँदा आफ्नो  जीवन रातारात परिवर्तन भएको उनको भनाइ छ ।

छोरालाई क्यान्सरबाट मुक्त गराउन राम्रो जीवनशैलीको बारेमा सिकाउन चुरोट छाडेको उनले बताएका थिए । उनले भनका थिए, ‘मैले आफ्नो बच्चाको लागि राम्रो रोल मोडल बन्नको लागि आफ्नो जीवनशैली परिवर्तन गरेँ। स्वस्थ जीवनशैली अपनाएँ । तपाईंले ह्याम्बर्गर खाएर बच्चाले हरियो तरकारीहरू खाने आशा राख्नु उचित होइन ।’

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ६ : ३८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले