एट्लेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनमा | Khabarhub Khabarhub

एट्लेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनमा


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा एट्लेटिकोले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा एट्लेटिकोले २–१ को नतिजा निकालेपछि खेल २–२ गोलको बराबरी भएको थियो । अन्तिम १६ को पहिलो लिगमा इन्टर मिलान १–० ले विजयी भएको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसैगरी, गएराती नै सम्पन्न अर्को खेलमा बोरुसिया डर्टमण्डले पिएसभीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

योसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । एटलेटिको मड्रिड र डर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन् । अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ८ : २१ बजे

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका