यात्रुमैत्री व्यवहार प्रवर्द्धन गर्न उपत्यकामा विशेष अभियान | Khabarhub Khabarhub

यात्रुमैत्री व्यवहार प्रवर्द्धन गर्न उपत्यकामा विशेष अभियान


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा यात्रुमैत्री व्यवहार प्रवर्द्धनका लागि उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानको थालनी गरेको छ ।

यात्रुहरूका लागि सुरक्षित, बिनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रुमैत्री अभियान–२०८० सुरु गरेको हो ।

यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भाडादर राखेको छ वा छैन रु ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिहरूका लागि आरक्षित सिट पालना भएको छ वा छैन रु लगायतका विषयमा अनुगमन गरी कार्यान्वयन गर्नका लागि अभियान थालिएको कार्यालयले जनाएको छ ।

अभियानका क्रममा सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुर्व्यवहार, भाडाका सवारीसाधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनधिकृत राइड सेय गरेकोलगायत विषयमा पनि अनुगमन हुने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसरी अनुगमनका क्रममा नियम कार्यान्वयन गरेको नपाइएमा आवश्यक कारबाही गरिने उनले बताए। उक्त अभियान पहिलो चरणमा यही चैत १४ गतेसम्म सञ्चालन गरिने छ । अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारी सादा पोशाकमा खटाइने र आवश्यकताअनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयबाट थप जनशक्ति परिचालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पहिलो दिनको अनुगमनका क्रममा सवारीसाधनमा भाडादर नराख्ने दुई सय १७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरवाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने छवटा र बढी भाडा लिने दुई गरी जम्मा तीन सय तीनवटा सवारीसाधनका चालकलाई कारबाही गरिएको पनि उनले बताए। 

यो अभियानबाट यात्रुलाई सुरक्षित, सम्मानजनक, नठगिने वातावरणको सिर्जना हुनुका साथै यात्रुहरू समयमै गन्तव्यमा पुग्नलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ । अभियान सञ्चालन अवधिभरको अवस्थाका आधारमा अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।

अभियानको सम्पूर्ण अनुगमन तथा मूल्यांकन भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने र यात्रुहरूले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा दुर्व्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १ : २७ बजे

स्पेन भ्रमण बारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आवश्यक समन्वय गरिने

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर– कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,

सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा

काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक

शहरी विकास विधेयकबारे उपप्रधानमन्त्री सिंह र भूमिव्यवस्था मन्त्रीबीच छलफल

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका बारेमा