प्रतिनिधिसभा बैठक : सुशासन र समृद्धिको यात्रा सहज बनोस् « Khabarhub

प्रतिनिधिसभा बैठक : सुशासन र समृद्धिको यात्रा सहज बनोस्


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सत्ता गठबन्धनमा हेरफेरसँगै मुलुकमा सुशासन र समृद्धिको यात्रा सहज भई जनतामा आशाको सञ्चार हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सत्ता परिवर्तनले आफूहरू नअत्तालिएको बताउँदै मुलुकको सुशासन र समृद्धिको यात्रा सहजरूपमा अगाडि बढ्नुपर्ने माग गरे। उनले सहकारी ठगी र सुन तस्करीका घटनामा जोडिएका सत्तागठबन्धन निकटका व्यक्तिहरूलाई जोगाउने प्रपञ्च भएको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले जिम्मेवार राजनीतिक दलका बीचमा नयाँ सहकार्य भएकाले पुनःगठित सरकार देशका यावत् समस्या समाधान गरी समाजवादउन्मुख अवस्था विकास गर्न सफल होस् भन्ने कामना गरे। उनले जनतामा रहेको निराशालाई सुशासन र समृद्धिका माध्यमबाट आशा र भरोसामा रुपान्तरण गर्न वामपन्थी दलबीचको सहकार्यलाई एकतासम्म लान र राष्ट्रिय मुद्दामा लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्न आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सत्ता समीकरण फेरिए पनि जनता र राष्ट्रका मुख्य मुद्दाको प्रगतिशीलरुपमा सम्बोधन गराउनु सबैको दायित्व भएको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो टुङ्गोमा लान आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा चन्दा कार्कीले महोत्तरीको जलेश्वर प्रादेशिक अस्पतालमा पूर्वाधारलगायत सुविधा नहुँदा सेवाग्राहीले उचित सेवा पान नसकेको सवाल बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले जाजरकोट भूकम्पबाट प्रभावितले अझै राहत नपाएको गुनासो गरे। जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले वीरगञ्ज–नारायणी रङ्गशाला खण्डहर बनेकाले पुनःनिर्माणको माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले नयाँ सरकार बनेको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए। जनमत पार्टीका सांसद अब्दुल खानले मन्त्रिपरिषद्मा एकजना पनि दलित समुदाय नपरेको जनाउँदै यसरी समानुपातिक समावेशीताको सिद्धान्त लागू हुन नसक्ने टिप्पणी गरे।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई-मधेसमा साम्प्रदायिक दङ्गा फैलन नदिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले गत फागुन २८ गते कर्णाली चिसापानी पुलमा गुड्दै गरेको गाडीमा भएको आगलागीबाट भएको क्षति मूल्यांकन गरी पुनःनिर्माणको माग गरे।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपाल–भारत खुला सीमा बन्द गराउन भारत सरकारसँग कुरा गर्न आग्रह गरे। आमजनता पार्टीका सांसद प्रभु साहले नेपालमा उखुको भण्डार भए पनि चिनीको मूल्य महँगो हुने, वन जंगलको प्रचुरता भए पनि विदेशबाट काठ ल्याउनुपर्ने स्थितिको अन्त्य गर्न माग गरे ।

सांसद डा अमरेशकुमार सिंहले कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशको अखण्डतामा प्रश्न उठेकाले यसबारे जवाफ दिन माग दिए।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १ : ३८ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक