सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना « Khabarhub

सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर– सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ । 

नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५०० गैर-आवासीय र चार हजार ९०० स्थानीय रहेका छन् ।

सिङ्गापुरका बासिन्दाहरूको लागि अधिकांश नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च-भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन् ।

सन् २०२२ मा छ हजार ४४० रहेको व्यक्तिको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार ५९० पुगेको छ । गत वर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर ०.७ प्रतिशतमा स्थिर रहेको थियो । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ५ : ४१ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको