विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि तालिम | Khabarhub Khabarhub

विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि तालिम


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय घोराहीले सरोकारवाला निकायलाई आज तालिम दिएको हो ।

तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाइबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए। जैविक विविधताको संरक्षण गर्ने उद्देश्य तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकारी सुनिश्चित गर्नका लागि कार्यालयले काम गरिरहेको उनले बताए।

सबै सर्प विषालु नहुने र सर्पको पहिचान नहुँदा स्थानीयले मार्ने गरिरहेकाले सो रोक्नका लागि विगतका वर्षदेखि वन कार्यालयले सचेतनमूलक र संरक्षणमुखी कार्य गर्दै आइरहेको प्रमुख श्रेष्ठले बताए। दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मारिहाल्ने मानव प्रवृति, पहिचानमा ज्ञान र उद्धारका लागि सीपको कमी, अनुसन्धान तथा प्रचारप्रसारको अभावमालगायत कारणले सर्प संरक्षणमा चुनौती देखिएको उनको भनाइ छ ।

स्थानीय वन, जङ्गलमा पाइने सर्प संरक्षणका लागि कार्यालयले बर्सेनि योजना बनाएर काम गरिरहेको भन्दै पछिल्ला केहीवर्षयता सर्प संरक्षण कार्य सफलतातर्फ उन्मुख भइरहेको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षक सर्प विज्ञ वसन्त सुवेदीले पछिल्लो सात वर्षमा आफूले पाँच हजार बढी सर्पको उद्धार गरेको जनाउँदै यस क्रममा दाङमा २६ प्रजातिका सर्प भेटिएकामा छ प्रजातिमात्रै विषालु पाइएको बताए । उनका अनुसार बाँकी २० प्रजाति अविषालु रहेका छन् ।

अध्ययनमा नेपालमा ८९ प्रजातिका सर्प पाइएको सर्प विज्ञ सुवेदीले जानकारी दिए । उनका अनुसार ८९ प्रजातिमध्ये १७ प्रजातिमात्रै विषालु भेटिएका छन् । विश्वमा पाइने सर्पमध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने उनको भनाइ छ ।

अविषालु सर्पले टोकेपनि मानिसको ज्यान नजाने भन्दै सुवेदीले विषालु सर्पले टोकेमा समयमै सावधानी अपनाउँन नसक्दा ज्यान जाने गरेको बताए । सर्प विज्ञ सुवेदीले सर्पले टोकिहाले प्राथमिक उपचारका नाममा ढिलाइ गर्न नहुने भन्दै तत्काल अस्पताल पु¥न सके ज्यान जानेको सङ्ख्यामा कमी ल्याउन सकिने बताए ।

कार्यक्रममा सर्प उद्धारसम्बन्धी सीप जीवित सर्प ल्याएर देखाइएको थियो । डिभिजन वन कार्यालय र मातहतमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्तालगायतको सहभागितामा भएको कार्यक्रममा सर्पका बारेमा विस्तृत जानकारी, पहिचानका तरिका, उद्धारको सीपलगायत विषयमा तालिम दिइएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ९ : १७ बजे

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति