सहकारी छानबिन समिति बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी « Khabarhub

सहकारी छानबिन समिति बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्‌ ।

समितिले तयार गरेको सहकारी ठगीबारे मस्यौदा प्रतिवेदनमा आज (शनिबार) बिहान ८ बजेदेखि नै छलफल थालेको थियो । समिति सदस्यहरूले बिहानको चियादेखि खाना र खाजा पनि सिंहदरबारमै खाएका थिए ।

समितिले हिजै बैठकमा प्रधानमन्त्री उपस्थित हुने जानकारी दिएको थियो । अहिले सुरु बैठकमा सहकारी संस्थाबाट बचत अपचलन गरी फरार भएकाहरू र मस्यौदा प्रतिवेदनबारे प्रधानमन्त्रीसहित छलफल हुँदैछ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ७ : १६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक