‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै | Khabarhub Khabarhub

‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको दोस्रो दिन पनि प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको  ‘महाजात्रा’ दर्शक उत्साहजनक साथ पाएको छ । नयाँ वर्षको दोस्रो दिन फिल्म हेर्न उल्लेखनीय संख्यामा दर्शकहरू हलमा पुगेको पाइएको छ ।

नयाँ वर्षको दिन महाजात्राको टिकट नपाएर हल पुगेर फर्किएको गुनासो सामाजिक सञ्जालमा आइरहेको निर्देशक भट्टराईले बताएका छन् । उनी भन्छन्, ‘नयाँ वर्षमा महाजात्रालाई उपलब्ध सम्पूर्ण सो हाउसफुल भयो । फिल्मले तीन सातामा नेपालमा चौध करोड व्यापार गरेको थियो । हामीले हाम्रो अघिल्ला सम्पूर्ण रेकर्ड तोडिसकेका छौँ । विशेषतः हलमा आउनुभएको दर्शकलाई खुसी बनाएर फर्काउन पाएका छौँ, यो ठूलो सफलता हो ।’

यस्तै, फिल्मले तीन सातामा नेपालबाहिर नौ करोडको ग्रस कलेक्सन गरेको वितरण कम्पनी एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ । उक्त कम्पनीका अनुसार शुक्रबार र शनिवार विदेशमा आयोजित सम्पूर्ण सो ‘शोल्ड आउट’ भएका छन् ।

तीन सातामा २३ करोड एक लाख ग्रस कलेक्सन गरेको फिल्मले नेपालमा १५ करोडको आँकडा पार गरिसकेको छ । ‘माउथ पब्लिसिटी’का कारण फिल्मले स्वदेश र विदेशमा नयाँ रेकर्ड बनाउने निर्माण पक्ष आशावादी छ ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : १३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस