सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ? | Khabarhub Khabarhub

सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?



काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारमा एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका नेता कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षीय नेता लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कसलाई मान्यता दिने भन्ने विषय उठेको छ ।

लक्ष्मण किशोरलाई नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

यता कैलाशलाई नेकपा एमाले र माओवादी केन्द्रको साथ छ । अंकगणितीय रूपमा लक्ष्मणकिशोर बलियो देखिन्छन् ।

५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस पहिलो दल हो । उसको प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट छ । १९ सिट रहेको कांग्रेसको  लक्ष्मणकिशोर पक्षमा शाहीले १८ संसदले भोट दिने देखिन्छ ।

यस्तै उनलाई नाउपा रेशम पक्षका ३ र एकीकृत समाजवादीका ४ सांसदको साथ रहेको देखिन्छ । कैलाशको पक्षमा  माओवादी केन्द्र ११, एमाले ८,  र नाउपाका २ सांसद कैलाशको पक्षमा छन् । कैलाशले सत्तारुढ गठबन्धनबाट २१ मत पाउने छन् ।

सुदूरपश्चिम राप्रपाले समानुपातिकमा एक सिट जितेको छ । उसले पनि रेशम पक्षका नेता लक्ष्मणकिशोरको पक्षमा मतदान गर्ने देखिएको छ । उनको पक्षमा २६ सांसदले मतदान गर्ने देखिन्छ ।

प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित सांसदले भने कसलाई सहयोग गर्ने खुलेको छैन ।  सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा रेशम पक्षका नेता लक्ष्मणकिशोर बलियो देखिन्छन् ।

तर सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले कसलाई मान्यता दिन्छन, त्यो हेर्न बाँकी छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश समेत जारी गरेको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो । उनी पदमुक्त भएको सूचना चैत २६ गते टाँसिएको थियो ।

अहिले पार्टी अध्यक्ष श्रेष्ठ प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिमको पुगेकी छन् । रेशम भने त्यहाँ देखिएका छैनन् ।

केन्द्रीयको गठबन्धनमा भएपनि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई सहयोग गरेपछि सत्ता गठबन्धनमा हलचल सुरु भएको छ ।

तर यसबारे नेकपा समाजवादीले भने मुख खोलेको छैन । समाजवादीले प्रदेश सरकार स्वतन्त्र हुनुपर्ने मत जायर गरेको एक नेताको भनाइ छ ।

याे पनि…

रेशम-रञ्जिता बेमेलको डढेलो : पार्टी खरानी हुने त्रास, हुलहुज्जतमा उत्रिए कार्यकर्ता

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ५ : ३१ बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल