मुगुका ऊर्जा विकास कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

मुगुका ऊर्जा विकास कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ ।

आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनीयर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको बिगो माग दाबी गरेको छ । आरोपीलाई बिगो बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए  ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : ५१ बजे

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

चन्द्रपुर– कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा