सुदूरपश्चिममा केन्द्रको सत्तासमिकरण अनुसार सरकार बन्छ : उपमहासचिव ज्ञवाली « Khabarhub

सुदूरपश्चिममा केन्द्रको सत्तासमिकरण अनुसार सरकार बन्छ : उपमहासचिव ज्ञवाली


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले केन्द्रको सत्तासमिकरण अनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सुदूरपश्चिममा सरकार बन्ने विषयका केही जिज्ञासा खडा भए पनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्ने विश्वास व्यक्त गरे ।

उनले कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्रीले बहुमत गुमाएकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । संसदबाट सरकार बन्ने अवस्थासम्म संसद् विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।

ज्ञवालीले सरकारबाट अप्रत्याशित हट्नुपर्दाको प्रतिशोध स्वरूप कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेको तर्क गर्नुभयो । सचिवालय बैठकले वैशाख ८ र ९ गते हुने महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकको एजेन्डा तय गरेको छ । २१ सय ५३ महाधिवेशन प्रतिनिधि र विभिन्न आयोगका पदाधिकारी सहित २५ सय सहभागी हुने बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन र महासचिवले साङ्गठनिक प्रतिवेदन पेश गर्ने ज्ञवालीले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउने गरी तयारी गर्न आवश्यक निर्णय हुने एमालेले जनाएको छ । बैठकले नयाँ समीकरण र सरकारको कामकारबाहीका बारेमा छलफल भएको र सरकारको कामलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको ज्ञवालीले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : ०३ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको