स्याङबोचे पुग्यो सेनाको टोली, हिमालबाट ५ वटा शव र १० टन फोहोर संकलन गरिने « Khabarhub

स्याङबोचे पुग्यो सेनाको टोली, हिमालबाट ५ वटा शव र १० टन फोहोर संकलन गरिने


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपालको सगरमाथा लगायत विभिन्न हिमालमा फोहोर बढ्दै गएको गुनासो सुन्न पाइन्छ । यसै सन्दर्भमा आइतबार नेपाली सेनाले १२ जना सैनिक र एकजना शेर्पालाई हिमाल सफाइका लागि हेलिकोप्टरमा स्याङबोचेमा उतारेको छ ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल सफा गर्ने क्रममा १० टन फोहोर र पाँचवटा मानव शव संकलन गरिने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले ‘सफा हिमाल अभियान–२४’ का क्रममा ७ दिन पदयात्रा गरेर सगरमाथा आधार शिविरसम्म पुग्ने योजना बनाएको छ ।

पदयात्राका क्रममा स्थानीयसँग अन्तरक्रिया गर्नुका साथै फोहोर सफा गर्दै जाने जंगी अड्डाले जनाएको छ ।

गत चैत २९ गते जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले अभियानका टोली नेता सेनानी आदित्य कार्कीलाई ‘क्याम्पियन फ्याग’ हस्तान्तरण गरेर यो अभियानको घोषणा गरेका थिए ।

सोही घोषणा अनुसार १३ जनाको टोली आइतबार स्याङबोचे ओर्लिएको हो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ३० बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र