आइपिएलमा लखनउविरुद्ध कोलकोताको सहज जित « Khabarhub

आइपिएलमा लखनउविरुद्ध कोलकोताको सहज जित


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १६२ रनको लक्ष्य पछाएको कोलकोताले १५.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताका लागि फिल साल्टले अविजित ८९ र कप्तान श्रेयस अय्यरले अविजित ३८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यो जारी आइपिएलमा कोलकोताको पाँचौं खेलमा चौथो जित हो । यो जितपछि कोलकोताको ८ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी लखनउको भने यो तेस्रो हार हो । ६ खेलमा ३ जित र ३ हार बेहोरेको लखनउको ६ अंक रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : ०८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले