हङकङविरुद्ध साउदी अरेबियाको ऐतिहासिक जित | Khabarhub Khabarhub

हङकङविरुद्ध साउदी अरेबियाको ऐतिहासिक जित


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । साउदी अरेबियाले एसीसी प्रिमियर कपमा हङकङलाई स्तब्ध बनाएको छ । आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा साउदी अरेबियाले हङकङलाई ५५ रनले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको २०३ रनको लक्ष्य पछाएको हङकङ १८.४ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो । हङकङका लागि कप्तान निजकत खानले सर्बाधिक ७३ रन बनाए भने अन्शुमान रथले २९ तथा जीशान अलीले १८ रन बनाएका थिए ।

त्यस्तै साउदीका बलर उस्मान नाजीब र जैन उल अबिदीनले ३/३ विकेट लिएका थिए भने हिशाम सेखले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मनन अलीले ४४, फैसल खानले ३० र हिशाम सेखले २२ रन बनाएका थिए ।

यो साउदी अरेबियाको टी(२० क्रिकेटमा हङकङविरुद्ध अहिलेसम्मको पहिलो जित हो । साउदी अरेबियाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितपछि २ खेलमा २ अंकसहित साउदी अरेबिया समुह ए मा दोस्रो स्थानमा आएको छ ।

त्यस्तै हङकङको भने २ खेलमा यो पहिलो हार हो । २ खेलमा २ अंक हासिल गरेको हङकङ चौथो स्थानमा रहेको छ । अब सोमबार हङकङले नेपालको सामना गर्ने छ । त्यस्तै साउदी अरेबियाले मंगलबार कतारको सामना गर्ने छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : २५ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा