नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै « Khabarhub

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ ।

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नु पर्थ्यो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज)र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : ३८ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा