सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन  « Khabarhub

सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ । सिंहदरबारमा भएको सो छलफल निष्कर्षमा भने पुग्न सकेन । 

दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने सभामुख घिमिरेले बताए । राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको उनको भनाई छ । 

यता नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने अडान राखेको छ । सहकारी प्रकरण छानबिनका लागि  संसदीय समिति नबनेसम्म विरोध कार्यक्रम रहिरहने सचेतक सुशीला थिङले बताइन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रीलाई रबि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग राखेको छ । रास्वपा सचेतक सन्तोष परियारले लामिछानेलाई आजको बैठकमा बोल्न दिनुपर्ने बताए । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा नहुने भन्दै कांग्रेसले पुनर्विचार गर्न आवश्यक रहेको औँल्याए ।

यस्तै बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए । 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १ : २९ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय