रमेश लेखक भन्छन् : संसद्‍मा राष्ट्रपतिको सम्बोधन सुन्छौँ, अरु विषयमा प्रवेश गर्न दिँदैनौँ « Khabarhub

रमेश लेखक भन्छन् : संसद्‍मा राष्ट्रपतिको सम्बोधन सुन्छौँ, अरु विषयमा प्रवेश गर्न दिँदैनौँ


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सुन्ने बताएका छन् ।

लेखकले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठनको मागमा यथावत रहेको बताउँदै राष्ट्रपतिको सम्मानका लागि मंगलबारको संसद् बैठकमा भाग लिने बताए ।

‘कांग्रेसले आफ्नै नेतृत्वमा नेपालको संविधान बनाएको हो । आफ्नै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पद्धतिलाई स्थापना गरेको हो’, उनले भने, ‘यसमा राष्ट्र प्रमुखमा रुपमा रहनु भएका राष्ट्रपतिको विशेष संवैधानिक महत्व, गरिमा र मर्यादा छ द। हामी संविधानका व्यवस्थालाई हेरेर संघीय संसदको संयुक्त बैठकमा भाग लिन्छौँ। हामी राष्ट्रपतिज्यूको सम्बोधन सुन्छौँ।’

लेखकले राष्ट्रपतिबाट संसद्‍का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिसकेपछि अरु कार्यसूचीमा भने अघि बढ्न नदिने बताए ।

‘त्यसपछि कुनै पनि सरकारी काम कारबाही, सरकारले ल्याएका कार्यसूचीमा प्रवेश गर्न दिँदैनौँ । संसदीय छानबिन समिति गठन नगर्दासम्म संसद्‍ अघि बढ्न सक्दैन’, उनले भने, ‘यसबाट उत्पन्न हुने परिणामको सरकारले जवाफ दिनुपर्छ। त्यसको जवाफदेहिता सरकारले लिनु पर्दछ।’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : २९ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै