माधव नेपाल भन्छन् : उपेन्द्र यादवलाई सरकारबाट निकालेर खेदे, हामीलाई पनि हेप्न थाले | Khabarhub Khabarhub

माधव नेपाल भन्छन् : उपेन्द्र यादवलाई सरकारबाट निकालेर खेदे, हामीलाई पनि हेप्न थाले


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अपमानपूर्वक सरकारबाट निकालिएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको आठौँ बैठकलाई ललितपुरको बालकुमारीमा मंगलबार सम्बोधनका क्रममा उनले सरकारमा आफूहरूको उपस्थिति पनि दयनीय रहेको टिप्पणी गरे ।

‘हामीले केही दिन पहिले देख्यौँ । यो गठबन्धन सँगसँगै जाला कि भन्ने ठानेका थियौँ । निर्वाचनपछिको संसद् यसको अवधिभर सँगै जाला भनेका थियौँ । तर समाजवादी मोर्चाको एउटा मुख्य घटक जनता समाजवादीपार्टीलाई विभाजित गरियो’, उनले भने, ‘जसपालाई विभाजित गरिएको मात्रै होइन, सरकारबाट पनि निकालियो । आफैं राजीनामा दिएर जसपा अलग भएको होइन, सरकारबाट निकालियो, मुन्टाउने काम मात्रै भएन ।’

यदि यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई गल्हत्याउने पनि उनले बताए । ‘उपेन्द्र यादवले राजीनामा नदिएको भए सरकारबाट गल्हत्याउँथे’, उनले भने, ‘काम छँदाको भाँडो काम सकेपछि उपेन्द्र यादव ठाँडो भए ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमन भने । ‘केपी ओलीको प्रतिगमनविरुद्ध जुध्न हामी सँगसँगै अघि बढेका थियौँ ।
निर्वाचनपछि गठबन्धनको मुख्य घटक जसपा अहिले विभाजन भयो, विभाजित गरियो’, उनले भने, ‘विभाजन गरिसकेपछि अशोककुमार राईको नेतृत्वमा जनता समाजवादी पार्टी घोषणा गरियो । निर्वाचन आयोगले पनि मान्यता दियो । अब यसको छिनोफानो अदालतले गर्नेछ ।’

अध्यक्ष नेपाले सरकारमा आफूहरूको भूमिकालाई लिएर निराशा प्रकट गरे । ‘हाम्रो पार्टीलाई सरकारका निर्णय र बैठकहरूमा सहभागी गराइएको छैन । हाम्रो पार्टीलाई बेवास्ता गरिएको छ,’ नेपालले भने,‘संसद्‍को अवरोध हटाउने सन्दर्भमा हामीलाई सोधिँदैन । यी हाम्रा पीडा र वेदना हामीसँग छन् । सत्ताको निम्ति मरिहत्ते गर्ने हो कि स्वतन्त्र स्वाभिमान कायम राख्नेबारे सोच्ने बेला भएको छ ।’

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदा पनि आफूहरूलाई नसोधिएको बताए । ‘नयाँ नीति तथा कार्यक्रममा पनि हामीलाई सोधेका छैनन्’, उनले भने, ‘संसदीय दललाई पनि सोधेनन् । हामी कसैलाई सोधीखोजी गरेनन् । बजेट निर्माणबारे पनि कसैले सोधेनन् । त्यसैले हामीले अब सरकारबारे सोच्ने अवस्था आइसकेको छ । ’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : ५९ बजे

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले

सेनाको गेटमा जेन-जीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला (तस्बिरहरू)

काठमाडौँ- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र