६ जना सांसदले पार्टी फुटाउने भनेपछि आत्तिए माधव नेपाल | Khabarhub Khabarhub

६ जना सांसदले पार्टी फुटाउने भनेपछि आत्तिए माधव नेपाल


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फुटको हल्लाले आफू आत्तिएको बताएका छन् ।

जनता समाजवादी पार्टी विभाजन भएसँगै आफू नेतृत्वको दल पनि विभाजन हुने हल्लाका कारण आफू निक्कै आत्तिएको अध्यक्ष नेपालले मंगलबार बताए ।

पार्टीको केन्द्रीय कमिटीको आठौँ बैठकलाई ललितपुरको बालकुमारीमा मंगलबार सम्बोधनका क्रममा उनले विभाजन रोक्न मिहिनेत गर्नुपरेको बताए ।

‘हाम्रो पार्टीका सन्दर्भमा हल्ला पनि चले, ६ जना सांसद लाँदैछन् भन्ने हल्ला मैले पनि सुनेँ। त्यसले गर्दा हामी पनि आत्तियौँ, के हो वास्तविकता भनेर छलफल चलायौँ’, उनले भने, ‘तर जति गणना गर्दा पनि कोही जाने देखिँदैन । कतिपय साथीहरूका असन्तुष्टिलाई पनि राम्रो ढंगले प्रष्ट पार्न खोजियो । चित्त बुझाउने कोसिस हुनुपर्छ । हामीले त्यही गर्‍यौँ ।’

उनले पद र शक्तिका लागि समाजवादीभित्र पनि भ्रष्टीकरण रहेको बताए । ‘हाम्रो पार्टी, कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिमा भ्रष्टीकरण छ । पदका लागि मरिहत्ते गर्ने, लोभ देखाउने समस्या छ’, उनले भने, ‘पुरानै प्रवृत्ति दोहोर्‍याउन थाले, अनुशासनहीनता र अराजकता देखाउन थाले, विचलन देखाउन थालेमा हामीलाई कसैले विश्वास गर्दैन ।’

उनले एकीकृत समाजवादी राजनीतिक भ्रष्टीकरणविरुद्ध अभियान चलाउनुपर्ने बताए । गठबन्धनको सरकार भए पनि अस्थिरताको उच्च जोखिम रहेको पनि उनले बताए।

‘अहिले नै आजै के होला भन्ने भएको छ । सुदूरपश्चिममा के होला, बागमतीमा के होला, मधेसमा के होला भन्ने भएको छ । राष्ट्रपतिलाई सम्बोधन गर्न दिन पनि मुस्किल भएको छ’, उनले भने, ‘अझ हाम्रो पार्टीलाई सरकारका ठूला छलफलमा सहभागी गराइएको छैन । हाम्रो पार्टीलाई बेवास्ता गरिएको छ । संसद्‍को अवरोध हटाउने सन्दर्भमा सोधिँदैन । यी पीडा र वेदना हामी सँग छन् । हामीलाई बजेट निर्माणबारे पनि सोधेनन् ।’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ०९ बजे

सामुदायिक वनमा झाडी फाँडेर वृक्षारोपण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी

इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन

जेरुसलेम- गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै

काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ

 काभ्रेपलाञ्चोक– ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन

कोरोना महामारीमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्केन 

म्याग्दी– कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा