पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक « Khabarhub

पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ १० बाट प्रदर्शनमा आउने ‘मल्टिस्टारर’ फिल्म पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार गीत सार्वजनिक गरेको हो । 

गीतका दृश्यहरूमा पुजारको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ । मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । 

गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ।

यस गीतमा बी पाण्डेले शब्द रहेको छ भने केतन क्षेत्रीको स्वर रहेको छ । गीतमा फिल्मका निर्माता तथा संगीतकार सुवास भुसालको संगीत भरेका हुन् ।

दिनेश राउतको निर्देशन रहेको यस फिल्म विकास सुबेदीले लेखेका हुन् । उनीहरूले यसअघि फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : ५२ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै