आज २०८१ साल जेठ ३२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ३२ गते शुक्रबारको राशिफल


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ३२ गते शुक्रबार तदनुसार सन् २०२४ जुन १४ तारिख। जेठ शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली अष्टमी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। नयाँ कामको थालनी गर्ने जाँगर बढ्नेछ। राजनीतिमा चासो बढ्दै जानेछ। सेवाको अवसर प्राप्त हुने योग छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्ने जोखिम छ।

वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ। पुराना र अधुरका काम बन्नेछन्। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्ध रमाइलो रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंलो राम्रो सोचेका साथीले नै असहयोग गर्नेछन्। वैदेशिक लगानी फस्ने जोखिम छ। पुरानो सम्पत्ति हात लाग्नेछ। शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : मन अशान्त हुनेछ। परिवारले अवहेला गर्ने जोखिम देखिन्छ। जुनसुकै काममा अवरोध हुने दिन छ। काम गर्नु अगाडि शनिदेवको पूजा गर्नु राम्रो हुन्छ। वर र पिपलमा पानी चढाएमा यसको दोष कम हुनेछ।

सिंह : सकारात्मक चिन्तन गरेर अगाडि बढेमा मनमा उत्साह बढ्नेछ। पुराना साथीसँगको भेटघाटमा रमाइलो हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारिक सम्बन्धमा भने तपाईंको आलोचना हुने दिन छ।

कन्या : मनमा अरुप्रतिको नराम्रो सोच हटेर जानेछ। लगानीका क्षेत्रमध्ये कृषि र पशुपन्छीमा फाइदा हुनेछ। वैदेशिक रोजगारी भन्दा स्वदेशमै गरेको रोजगारीबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : समाजसेवामा मन जानेछ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। लगानी भए शिक्षाको क्षेत्रबाट नाम र दाम कमाउने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा समस्या भएकाले खान मन नलाग्ने हुनसक्छ।

वृश्चिक : पश्चिमको लामो यात्रा जोखिमपूर्ण देखिन्छ। ठुला योजनामा लगानी नगर्नु राम्रो हुन्छ। मन अशान्त हुनेछ। परिवारको भने सहयोग प्राप्त हुनेछ।

धनु : समाजले तपाईंको प्रशंसा गर्नेछ। मन शान्त हुनेछ। नयाँ ठाउँको यात्राले खुशी मिल्नेछ। कृषि क्षेत्रमा गरेको लगानी भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। साढेसाती दशाको मध्यभागमा चलेकाले जन्मकुण्डली हेरेर मात्र लगानी गर्नु राम्रो हुन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा अल्छीपनले दुःख दिनेछ। घरजग्गा र भूमि सम्बन्धी कारोबारले नाफा हुनेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने योग छ।

मीन : दिन राम्रो छ। लगानी र श्रमबाट नाफा हुनेछ। आफ्नै स्रोतबाट फाइदा हुनेछ। सामाजिक कार्य गर्ने इच्छा पूरा हुनेछ। परिवारमा मर्मको बुझाबुझ नहुँदा खटपटी बढ्ने देखिन्छ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : ०८ बजे

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा