मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान « Khabarhub

मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेस प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले बताएका छन्। सोमबार देशको पूर्वी भागबाट प्रवेश गरेको मनसुन कोशीबाहेक अरु प्रदेशमा फैलन नसक्दा अरु प्रदेशको जनजीवन गर्मीले कष्टकर बनेको छ।

बिहीबारदेखि मधेश प्रदेशमा मनसुनको प्रभाव देखिन थाले पनि पानी पार्ने प्रणाली भने सक्रिय हुन अझै समय लाग्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

मौसमविद् अर्यालका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिए पनि मध्ये र पश्चिम तराईमा भने अझै तातो हावाको लहर केही दिन चल्ने देखिएको छ।

शुक्रबार दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा मधेश प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक हप्तामा देशभर फैलने गरेको भएपनि यो वर्ष गत सोमबार पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन पूर्वी नेपालमै रुमलिएको छ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ७ : ४० बजे

हङकङबाट देउवाको सन्देश : लोकतन्त्रमाथि दबाब बढ्दैछ, संविधानको रक्षाका लागि स्वदेश फर्किँदैछु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय

काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो

काठमाडौं– आर्थिक वर्ष २०८३-८४ का लागि काठमाडौंका विभिन्न क्षेत्रमा जग्गाको

गैँडा मार्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई पक्राउ

चितवन- विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैँडाको चोरी–शिकार गर्ने उद्देश्यले चितवन राष्ट्रिय

कोशीमा नयाँ सरकारबारे अलमल, आङ्बो भन्छन् : केन्द्रको निर्णय कुर्दैछौँ, मध्यावधि हल्ला मात्रै हो

काठमाडौं- प्रदेश सरकारमा कुन गठबन्धन अगाडि बढाउने भन्ने अन्योल अझै

समाजमा हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीले समाजमा आफ्नो