देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज, प्रधानमन्त्री हेटौंडा जाँदै  « Khabarhub

देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज, प्रधानमन्त्री हेटौंडा जाँदै 


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज गरिने भएको छ। 

सबस्टेसनको उद्घाटनका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । उनी आजै हेटौँडा जाँदैछन्।

हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसन चार्जसमेत भइसकेको छ।

देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।

यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२-११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

मुलुक भित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।

हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । 

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने छ ।

हेटौंडामा देशकै तेस्रो ठूलो विद्युत सबस्टेशन तयार, एमसीसीको लाइन जोडिने

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ०७ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६