कांग्रेसले भन्यो : राष्ट्रपति र प्रधानमन्त्रीको विदेश यात्राबारे सरकारको जवाफ चाहियो | Khabarhub Khabarhub

कांग्रेसले भन्यो : राष्ट्रपति र प्रधानमन्त्रीको विदेश यात्राबारे सरकारको जवाफ चाहियो


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउन माग गरेका हुन् ।

उनले विदेश भ्रमणमा जाँदा नै आफ्नो कार्यक्रमबारे सदनमा जानकारी गराउने अभ्यास रहे पनि प्रधानमन्त्री प्रचण्ड भारतबाट आएको पाँच दिन हुँदा पनि सदनमा कुनै जानकारी नआएको धारणा राखे ।

लेखकले राष्ट्रपतिको विदेश भ्रमणबारे पनि सदनमा जानकारी गराउन माग गरे । देशको राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको उनको भनाइ छ ।

लेखकले सरकारका कारणले संसदको न्यूनतम मर्यादा कायम हुन नसकेकाले खेद व्यक्त गर्नुपर्ने बताए ।

केही समयअघि गृहमन्त्री रवि लामिछानेले सदनबाट नेताहरूमाथि लाञ्छना लगाएको भन्दै गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए ।

कांग्रेसले उठाएका बिषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न पनि उनले सभामुख देवराज घिमिरेसँग माग गरे ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १२ : ३६ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ