कांग्रेसले भन्यो : राष्ट्रपति र प्रधानमन्त्रीको विदेश यात्राबारे सरकारको जवाफ चाहियो « Khabarhub

कांग्रेसले भन्यो : राष्ट्रपति र प्रधानमन्त्रीको विदेश यात्राबारे सरकारको जवाफ चाहियो


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउन माग गरेका हुन् ।

उनले विदेश भ्रमणमा जाँदा नै आफ्नो कार्यक्रमबारे सदनमा जानकारी गराउने अभ्यास रहे पनि प्रधानमन्त्री प्रचण्ड भारतबाट आएको पाँच दिन हुँदा पनि सदनमा कुनै जानकारी नआएको धारणा राखे ।

लेखकले राष्ट्रपतिको विदेश भ्रमणबारे पनि सदनमा जानकारी गराउन माग गरे । देशको राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको उनको भनाइ छ ।

लेखकले सरकारका कारणले संसदको न्यूनतम मर्यादा कायम हुन नसकेकाले खेद व्यक्त गर्नुपर्ने बताए ।

केही समयअघि गृहमन्त्री रवि लामिछानेले सदनबाट नेताहरूमाथि लाञ्छना लगाएको भन्दै गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए ।

कांग्रेसले उठाएका बिषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न पनि उनले सभामुख देवराज घिमिरेसँग माग गरे ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १२ : ३६ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक