खुला सीमा थप व्यवस्थापन गर्नुपर्नेमा जोड « Khabarhub

खुला सीमा थप व्यवस्थापन गर्नुपर्नेमा जोड


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत् राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको ‘नेपाल–भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले खुला सीमामा पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुवै देशका सुरक्षाकर्मीबाट दुर्व्यवहार झेल्नु परेको जिकिर गरेका छन् ।

उनले भारतीय सुरक्षाकर्मी एसएसबी र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरीको यस्ता कार्यले सदियौंदेखिको रोटीबेटीको सम्बन्धमा दरार पैदा हुँदै गएको तर्क गरेका हुन् ।

‘खुला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले नै नियन्त्रण गर्न सक्छन् । तर त्यतातिर ध्यान दिँदैन । तस्करलाई रोक्न सक्दैन । तर त्यसको नाममा दुवै देशका आम सर्वसाधरणलाई अनावश्यक दुःख दिने काम बढेको छ । यसले दुवै देशको सदियौँको सम्बन्धमा दरार पैदा भइरहेको छ’, उनले भनेका छन् ।

दुवै देशका सरकारले सुरक्षा निकायमा जनतासँग राम्रो व्यवहार गर्न निर्देशन दिनुपर्ने उनले बताए । सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला राखेर पनि वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके दुवै देशको सम्बन्ध प्रगाढ भइराख्ने उनको तर्क छ ।

देशमा आर्थिक संकट भएको बेला १ हजार ७५१ किलोमिटर खुल्ला सीमामा तारजाली गर्नु उचित नहुने उनले बताए ।

भारतको कम्युनिष्ट पार्टी मालेका नेता भूषण सिंहले खुल्ला सीमा व्यवस्थापनका लागि अभियान चलाउनु पर्नेमा जोड दिए । सीमा सुदृढीकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यवहारले सम्बन्धमा थप तिक्तता हुने उनको भनाइ थियो ।

सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादवले सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक रहेको बताए । दुवै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनीकरण गर्दै सुमधुर सम्बन्ध अनुकूल बनाउनु पर्ने विचार उनले व्यक्त गरे ।

प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्यूनीकरणको विषयमा बिचार गर्दै खुल्ला सीमा विषयमा मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : ४२ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको