‘सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्छ ’ « Khabarhub

‘सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्छ ’


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूसँग भएको स्रोत, साधन, क्षमता र प्रविधिलाई अधिकतम उपयोग गरेर सेवा प्रदान गरेको बताएका छन् ।

आज अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै उनले देशभरिबाट क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नुपर्छ भने ।

उनले भने, ‘क्यान्सरका बिरामी यहाँ उपचार गर्न आउनुहुन्छ , अस्पतालमा कुनै प्रकारको विभेद गरियो भन्ने मैले सुनेको छैन ।’

स्वास्थ्यमन्त्री यादवले भने, ‘बिरामी दिनदिनै बढिरहेको छ ।  बिरामी बढेपछि शय्या बढाउनु पर्छ तर जनशक्ति छैन भने त्यो बिरामीलाई हेरचाह कसले गर्ने ?’

मन्त्री यादवले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भएको जनाउँदै यसबारेमा प्रधानमन्त्री पनि सकारात्मक भएको बताए ।

उनले सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य मन्त्रालय र क्यान्सर अस्पतालको भएको उल्लेख गरे । उनले यस अस्पताललाई एक हजार शय्याको अस्पताल बनाउने लक्ष्यमा आफ्नो र मन्त्रालयको साथ र सहयोग रहने जानकारी दिए ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालको परिचय, उद्देश्य, अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्याको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, अस्पतालका अध्यक्ष तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमपश्चात् मन्त्री यादवले अस्पतालको अनुगमन तथा निरीक्षण एवं बिरामीका आफन्तसँग भेटवार्ता समेत गरेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ३ : ४१ बजे

वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

काठमाडौं- वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले