एकीकृत समाजवादी गण्डकीमा सबैभन्दा कमजोर, मनाङमा ५ जना मात्रै पार्टी सदस्य | Khabarhub Khabarhub

एकीकृत समाजवादी गण्डकीमा सबैभन्दा कमजोर, मनाङमा ५ जना मात्रै पार्टी सदस्य

महाधिवेशनमा कहाँबाट कति संख्यामा आउँदैछन् प्रतिनिधि ?


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा १८ सय ७८ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि संख्या  शुक्रबार सार्वजनिक गरिएको हो ।

अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्दै महाधिवेशन प्रतिनिधि र निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेका हुन् ।

अपानिमा भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७ जना, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३ जना, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२ जना, भारत प्रवास क्षेत्रबाट ८ जना  अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५ जना, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५ जना, विभिन्न महासंघहरूबाट ८५ जना र जनसंगठनबाट ५६ जना प्रतिनिधि महाधिवेशनमा आउने भएका छन् ।

अपानिमा उल्लेख भएअनुसार केन्द्रीय कमिटीबाट ३४६ जना, केन्द्रीय आयोगहरूबाट १०४ जना, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ जना र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि महाधिवेशनबाट आउँदैछन् ।

महाधिवेशनमा रसुवा र मनाङबाट जम्मा १ जना मात्रै प्रतिनिधि आउने भएका छन् । रसुवामा जम्मा ६३ जना पार्टी संगठित सदस्य छन्  । त्यहीकारण खुल्लातर्फबाट महाधिवेशनमा एकजना सहभागी हुने भएका छन् । हिमालपारिको मनाङमा समाजवादीका ५ जना पार्टी सदस्य छन् । मनाङबाट पनि १ जना मात्रै महाधिवेशन प्रतिनिधि आउने भएका छन् ।

महाधिवेशन मधेश प्रदेशबाट सबैभन्दा धेरै २९६ जना प्रतिनिधि आउने भएका छन् । मधेश प्रदेश अध्यक्ष नेपालको गृह प्रदेश पनि हो । उनले रौतहटबाट चुनाव जितेका छन् । बागमती प्रदेशबाट २०५ जना प्रतिनिधि आउँदैछन् । उता गण्डकीबाट ७० जना मात्रै प्रतिनिधि आउँदैछन् ।

०७८ असारमा एमालेबाट विभाजित भएर साउनमा एकीकृत समाजवादी दर्ता भएको दल हो । समाजवादीले एमालेकै लिगेसीलाई निरन्तरता दिँदै असार १६ देखि २० गतेसम्म १०औँ महाधिवेशन गर्ने भएको हो । समाजवादीले आफ्ना सदस्यको इतिहास पनि एमालेसँगै जोडेर गणना गरेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ७ : २८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका